अनियमितता लुकाउन ललितपुर जिल्ला समन्वयमा घिमिरेको हार-गुहार

अनियमितता लुकाउन ललितपुर जिल्ला समन्वयमा घिमिरेको हार-गुहार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ श्रावण २०८१, ०९:२८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ श्रावण २०८१, ०९:२८

ललितपुरको महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरे आफुले गरेको आर्थिक अनियमितताको हिसाब मिलाउन स्थानीय कार्यकर्ता देखि पार्टी नेतृत्व सम्म हार गुहार गर्न गएको तथ्य बाहिरिएको छ ।

वडा अध्यक्ष घिमिरेले आफ्नो कर्तुत लुकाउन ललितपुर कांग्रेस नेतृत्व सित् सहयोगको याचना गरेका हुन् एक साता यता घिमिरे वडा कार्यालयमा जनताको काममा भन्दा पनि आफ्नै आर्थिक अनियमितताको लफडा मिलाउन कहिले नेताको घर त् कहिले नेतृत्वको पगरीमानै ब्यस्त हुने गरेका छन ।

भैसी अनुदान कार्यक्रम देखि सरकारले पशु पालक कृषकलाई दिने गरेको लिटर अनुदान सम्ममा तर काटी सकेका अध्यक्ष घिमिरेलाई यति बेला अनियमितता भएको गरेको रकमको हिसाब मिलान गर्न निक्कै चुनौती थपिएको छ । उसो त राज्यले उनै अध्यक्ष घिमिरे संचालक भएको महाङ्काल गाउँपालिका १ कत्वनाबेसीमा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सँस्था लाई उपलब्ध गराएको लिटर अनुदान कार्यक्रमा अन्तर्गत सात लाख पुग नपुग रकम अध्यक्ष घिमिरेको सेटिङ्मा नक्कली कृषक खडा गरि किर्ते हस्ताक्षर मार्फत अनुदान रकम झ्वाम पारेका हुन् ।

गोकुल दुग्ध उत्पादक सहकारी बाट लिटर अनुदान लिएका कृषक विवरण

यति बेला अनुदान रकममा भएको हिनामिना किर्ते हस्ताक्षर् नक्कली कृषक लगायतका बिषय मिलाउन अध्यक्ष घिमिरे पाटन केन्द्रित अभियानमा लागि परेका छन,  कांग्रेस ललितपुर जिल्ला स्तरीय नेता सहित साउन २२ गते जिल्ला समन्वय कार्यालय ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति सुन्दरमान थिङ्गको पहलमा वडा अध्यक्ष घिमिरेको आर्थिक अनियमितता लुकाउन बैठक बसेको श्रोतको दाबि छ । बैठकमा वडा अध्यक्ष घिमिरेले उक्त अनुदान घोटालामा आफु मात्र नरहेको बताउदै अन्य व्यक्ति पनि अनुदान अनियमिततामा मुछिएको स्वीकार गरेको बैठकमा सहभागी एक नेताले बताए ।

वडा अध्यक्ष घिमिरेले अनुदान अनियमिततामा आफु संगै अन्य केहि व्यक्ति समेत रहेको बताएका थिए बिभिन्न संचार माध्यममा समाचार सार्वजनिक भए पछी वडा अध्यक्ष घिमिरेले अनुदान अनियमिततामा आफु मात्र नफस्ने बताउदै आएका छन । अन्य व्यक्तिको समेत नाम मुछेका घिमिरेले आफ्नो कोर टिमलाई भने उक्त व्यक्ति हरुको नाम बताएको खुलेको छ । ललितपुर कांग्रेसका केहि नेताले किन बचाउन खोजे किर्ते हस्ताक्षर गरि अनुदान कुम्लाउने वडा अध्यक्ष, राज्यको ढुकुटी नक्कली किसान खडा गरि स्वाह पार्ने लाइ ललितपुर कांग्रेसका केहि नेताले काखी च्याप्नु पर्ने के आइ लाग्यो ? जनताको चासो र चिन्ताको बिषय बनेको छ ।

अनुदान घोटालामा घिमिरे संगै को-को सहभागी थिए सुची सहित प्रतिक्षा गर्नुहोस ………………..   

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस