ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ मा रहेको काली देबी माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको निरीहताले बिद्यालयमा केहि शिक्षकको राम-राज्यनै चल्ने गरेको स्थानीय अभिभाबकहरुले गुनासो गर्ने गरेका छन । महाङ्काल गाउँपालिका बाट यस वर्षको एसईई परिक्षामा ४० प्रतिसत विद्यार्थी पास गराउन सफल भएको उक्त बिद्यालयमा विद्यालयका पुर्व प्रधानाध्यापक उद्योग प्रसाद तिमल्सिनाको हेपाहपनले बिद्यालयको शैक्षिक् गुणस्तर खस्किएको बिद्यालय श्रोतले आरोप लगाएको छ ।
उद्योग प्रसाद तिमल्सिनालाई विद्यालय व्यबस्थापन समितिको अभिभावक भेला बाट प्रधानाध्यापक बाट हटाए पछी हाल सम्म तेश्रो व्यक्ति प्रधानाध्यापक फेरिदा समेत विद्यालयका शिक्षक् उद्योग प्रसाद तिमल्सिनाले हाल सम्म पनि विद्यालयको हर हिसाब बुझ बुझारथ नगर्दा बिद्यालय प्रशासन संचालन गर्न कठिन भएको एक शिक्षकले बताए ।
उद्योग सर आफु लामो समय यस विद्यालयको प्रधानाध्यापक हुनु भो विद्यालयको हर हिसाब हिनामिना गरेको बिभिन्न संचार माध्यममा समचारनै प्रकाशन भयो तर आज सम्म पनि विद्यालयलाई हिसाब बुझाउन सक्नु भएको छैन, बिद्यालय पनि नियमित नआउने नियमित हाजिर नगर्ने मन लाए पढाउने मन नलागे नपढाउने जस्ता कार्य गरेका कारण अन्य शिक्षक् शिक्षिकामा समेत मनोबल गिर्ने गरेको बिद्यालयमा कार्यरत एक शिक्षकले बागमती एक्सप्रेसलाई बताए ।

राज्यले दिएको सेवा सुबिधा लिने अनि आफ्नो दायित्व पुरा नगर्ने उद्योग जस्ता शिक्षकलाई गाउँपालिकाको सरक्षण् कहिले सम्म ? आम जनताको प्रश्न रहेको छ । बिद्यालय सुधार शैक्षिक गुणस्तरमा क्रियासिल रहेका हालका प्रधानाध्यापक राम कृष्ण तिमल्सिनाले विद्यालयको शैक्षिक् सुधारका जतिनै राम्रा योजना ल्याएका भए पनि केहि शिक्षकको मनोपोलिका कारण शैक्षिक सुधार गर्न कठिन भएको ब्यबस्थापन समितिका एक सदस्यले बताए । अहिलेका प्रधानाध्यापकले दिन रात नभनी बिद्यालय सुधार गर्ने शैक्षिक् गुणस्तर बढाउने कार्य गरि रहनु भएको छ तर उद्योग सर जस्ता शिक्षकका कारण बिद्यालयमा समस्या आउने गरेको स्थानीयको आरोप छ ।
उसो त उद्योग प्रसाद तिमल्सिनाले विद्यालयलाई तिर्नु पर्ने बिस हजार सात सय नब्बे रुपयाँ हाल सम्म बिद्यालयमा दाखिला नगरेको भनि विद्यालयको आर्थिक प्रतिबेदनमानै बेरुजु देखाएको छ । हाल सम्म उक्त रकम उद्योग प्रसाद तिमल्सिनाले दाखिला गरेका छैनन राज्यको पैसा यसरी अपचलन गर्ने अधिकार कसले दियो शिक्षक् तिमल्सिनालाई चासो र चिन्ताको बिषय बनेको हो ।

यता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरेले समेत उक्त बेरुजु रकम उठाउन कुनै पहल नगरेको बुझिएको छ । अध्यक्ष घिमिरेले बिद्यालय संचालन गर्न नसकेको बिद्यालयमा समय नदिएको आरोप घिमिरेलाई लाग्दै आएको छ । शिक्षक् उद्योग प्रसाद तिमल्सिना बाट असुल गर्नु पर्ने रकमको अडिट रिपोर्टमा अध्यक्ष घिमिरेकै हस्ताक्षर् भए पनि अध्यक्ष घिमिरेको निरीहपनको कारण शिक्षक् तिमल्सिना वाट असुलागर्नु पर्ने रकम असुल गर्न नसकिएको बुखेलका एक स्थानीयले बताए । उनि भन्छन “अध्यक्ष घिमिरे लाई विद्यालयको भन्दा पनि दुग्ध डेरीको चिन्ता छ” कसरी अनुदान हत्याउन पाहिन्छ भन्ने ध्यानमै घिमिरेको समय बित्ने हुँदा बिद्यालयमा केहि शिक्षकको राम राज्यनै चलेको छ । कहिले सुधार होला काली देबी माध्यमिक बिद्यालय कहिले होला शैक्षिक् सुधार चासोको बिषय बनेको छ ।










प्रतिक्रिया