ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरेले भैसी अनुदान र नक्कली कृषक खडा गरि लिटर अनुदान लिएको घटना बाहिरीए पछी वडा अध्यक्ष घिमिरेलाइ कारवाही गर्नु पर्ने पदीय जिम्मेवारी वाट हटाउनु पर्ने भन्दै ब्यापक जनगुनासो रहेको पाहिएको हो ।
नक्कली कृषक खडा गरि वडा अध्यक्ष जस्तो व्यक्तिले पदीय दुरुपयोग गरेको महांकाल गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिले बताएका छन । वडा अध्यक्ष घिमिरेले महाङ्काल गाउँपालिका १ कत्वनाबेसीमा रहेको आफ्नै गोकुल दुग्ध उत्पादक सहकारी संस्थाको नाममा नक्कली कृषक खडा गरि सरकारी अनुदान हत्याएका हुन् । आर्थिक बर्ष २०७८/०७९ मा वितरण भएको दुग्ध लिटर अनुदान कार्यक्रमा अन्तर्गत ६ लाख बढी रकम कुम्ल्याउन सफल भए पछी वडा अध्यक्ष घिमिरे निक्कै विवादित बनेका छन ।
कहिले सम्पन्न परिवारलाई भैसी अनुदान दिने त कहिले नक्कली कृषक तयार पारि लिटर अनुदाननै आफ्नै पोल्टामा पार्ने जे होस् महांकाल गाउँपालिका १ नम्बर वडा अध्यक्ष घिमिरेलाई जनताले जनताकै प्रतिनिधि बनाए पछी मालामाल भएको आरोप लाग्ने गरेको छ । अध्यक्ष घिमिरेले अनुदान लिन नक्कली कृषक तयार पारि किर्ते हस्ताक्षर् गरि अनुदान लिएको बिषय पनि छानबिन गर्नु पर्ने स्थानीयले माग राखेका छन ।

स्थानीय भन्छन अध्यक्ष ज्यु त् “धन देखे पछी भगवानको त्रीनेत्र बल्छ” भने जस्तै हुनु भो आफ्नै डेरीमा समेत हेराफेरी गर्नेले महांकाल १ मा रहेको कालिदेबी माध्यमिक बिद्यालयमा समेत हेराफेरी गरेको हुन् सक्ने बुखेलका एक अभिभावकले गुनासो गरे । अध्यक्ष घिमिरे महांकाल गाउँपालिका १ बुखेलामा रहेको कालीदेबी माध्यमिक बिद्यालयको ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका कारण अभिभावकले विद्यालयको बारेमा समेत चिन्ता र चासो ब्यक्त गरेका हुन् ।

नक्कली कृषक खडा गरि किर्ते हस्ताक्षर् समेत गरेका वडा अध्यक्ष राम प्रसाद घिमिरेले राज्यलाईनै ठगि गरेको भन्दै तत्काल कारवाही गर्न र नक्कली कृषक लाइ वितरण गरिएको अनुदान रकम फिर्ता गर्न सामाजिक संजाल मार्फत स्थानीयले माग गरेका छन । एक स्थानीय भन्छन वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिसमा समेत कानुन बिपरित कार्य गरेको प्रमाण आफु संग रहेको बताएका छन । वडा अध्यक्ष घिमिरेले आफ्नो नाता पर्ने एक व्यक्तिले बहुबिबाह गरेको र जेठी श्रीमती संग पारपाचुके नहुदै कान्छी श्रीमतीको लागि समेत नागरिकता सिफारिस गरेको रहस्य बाहिरिएको छ । वडा अध्यक्ष घिमिरेलाई कहिले होला कारवाही त्यो भने हेर्न बाँकी रहेको छ ।










प्रतिक्रिया