वडा अध्यक्ष घिमिरेले नक्कली कृषक खडा गरि छ लाख चार हजार चार सय चौबिस रुपयाँ झ्वाम पारे

वडा अध्यक्ष घिमिरेले नक्कली कृषक खडा गरि छ लाख चार हजार चार सय चौबिस रुपयाँ झ्वाम पारे

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ श्रावण २०८१, ०७:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ श्रावण २०८१, ०७:३५

पछिल्लो समय ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका राम प्रसाद घिमिरेले  महाङ्काल गाउँपालिका वडा नम्बर १ कत्वानबेशीमा संचालन गरेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाले नक्कली कृषक खडा गरि बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय हेटौडा बाट असली कृषकलाइ आउने गरेको दुग्ध लिटर अनुदान अन्तर्गतको मोटो रकम हिनामिना गरेको  पाहीए पछी वडा अध्यक्ष घिमिरे निक्कै बिबादित बनेका छन ।

वडा अधय्क्ष घिमिरेले असली किसानले पाउने दुग्ध लिटर अनुदानमा त् हिनामिना गरे त्यतिले मात्र नपुगेर कृषक लाइ शसर्त अनुदानमा वितरण गर्नु पर्ने भैसी अनुदानमा समेत हेराफेरी गरेको स्थानीयले आरोप लगाएका छन स्थानीय भन्छन वडा अध्यक्षले भैसी अनुदानमा समेत नातागोता खोजे यता दुग्ध लिटर अनुदानमा सबै परिवारका मान्छेको नाम टिपोर्ट गरि अनुदान रकम झ्वाम पारे ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालय मार्फत आर्थिक बर्ष २०७८/०७९ को दुग्ध लिटर अनुदान कार्यक्रमा मार्फत महाङ्काल गाउँपालिका वडा नम्बर १ कत्वानबेशीमा संचालनमा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाले एक लाख उनान्सतरी हजार सात सय बयासी लिटर दुग्ध संकलनको फर्जी कागजका साथै नक्कली किसानको नाम भर्पाइ बनाइ प्रदेश सरकारले दिने प्रति लिटर ३ रुपयाँ ५६ पैसाको दरले जम्मा हुने रकम छ लाख चार हजार चार सय चौबिस रुपयाँ वडा अध्यक्ष घिमिरेले बुझेको देखिन्छ वडा अध्यक्ष घिमिरेले उक्त रकम बुझ्दा आफुलाई गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको ब्यबस्थापक भनि हस्ताक्षर समेत गरेका छन ।

निक्कै गुपचुपका साथ राज्यको पैसा हत्याउने प्रपन्च रचेका वडा अध्यक्ष राम प्रसाद घिमिरेले दुग्ध लिटर अनुदान हत्याउन किर्ते हस्ताक्षर् गरेको हुदै नभएका कृषकको नाम उल्लेख गरेको आफ्नै परिवारका सम्पूर्ण सदस्यको नामको भौचर बनाई गलत रिपोर्ट तयार पारि अनुदान रकम हिनामिना गरेको पाहिएको हो । राज्यले किसानलाइ दिने बिबिध अनुदानको कार्यक्रममा छुट्टै कार्यविधि बनाएर अनुदान दिने गरेको पाहीए पनि महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरेले भने आफु खुशी मन परेका सम्पन्न व्यक्तिलाई अनुदान दिने गरेको कार्य उनले अनुदान लिस्ट तयार गरि बाडेको भैसी अनुदान कार्यले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस