राजु बस्नेत
ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका भित्रको अनियमितताले पछिल्लो समय निक्कै चर्चा पाएको छ । बिशेष गरि महाङ्काल गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ मा भएको आर्थिक अनियमितता अन्तत अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म पुगेको श्रोतको दाबि छ । महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षले पदीय दुरुपयोग गरि आर्थिक अनियमितता गरेको प्रमाण बाहिर आए पछी महाङ्काल गाउँपालिकाको आर्थिक अपारदर्शिता चिया पसल देखि चौतारी सम्म बहसको बिषय बनेको हो ।
महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरेले त् “लुटको धन फुपुको श्राद्ध” जस्तै गरेको स्थानीयले आरोप लगाएका छन । स्थानीय बिकाश निर्माणको कार्य भन्दा पनि अध्यक्ष घिमिरे आफ्नै आर्थिक बिकासमा लागेका हुन् घिमिरेले आफै वडा अध्यक्ष हुदाँ आफै संचालक रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्था लाइ वितरण गरेको लिटर अनुदान कार्यक्रम वाट वडा अध्यक्षको काम गर्ने सैली उदांगिएको छ । आफै वडा अध्यक्ष आफै डेरी संचालक आफै कृषक अनि राज्यले असली कृषकलाइ दिएको लिटर अनुदान पनि किर्ते हस्ताक्षर् गरि आफै झ्वाम यति गरे पछी अध्यक्ष घिमिरेलाई आफु अध्यक्ष भएको गर्व गर्ने ठाउँ रहेको छ ।

अध्यक्ष घिमिरेले किर्ते हस्ताक्षर् गरि नक्कली कृषकलाई वितरण गरेको लिटर अनुदान फेहरिस्ता अख्तियार सम्म पुगेको छ । केहि सञ्चार माध्यमले अध्यक्ष घिमिरेले गरेको आर्थिक अनियमितता सम्बन्धि समाचार प्रकाशन गरे पछी यो बिषय अख्तियार प्रवेश गरेको हो । घिमिरेले नक्कली कृषक लाइ आर्थिक वर्ष २०७८/०७९ को लिटर अनुदान कार्यक्रम अनुसार नक्कली कृषक खडा गरि नक्कली हस्ताक्षर् गरि रकम अपचलन गरेको पाहिएको हो ।
२०६६ सालमा स्थापना भएको गोकुल दुग्ध उत्पादक सहकारी सस्था बाट गलत कृषकको नाम भौचर उठाई अनुदान रकम वितरण गरिएको खुलेको हो । गाउँमा नभएको जिल्ला भित्र समेत नरहेको कृषकको नाम समेत उल्लेख गरि अनुदान रकम हत्याएका थिए २६ जना कृषकको नाम तयार पारि अनुदान रकम वितरण गरेको विवरणमा वडा अध्यक्ष घिमिरे आफैले हस्ताक्षर गरेका छन । उक्त हस्ताक्षर विवरणमा वडा अध्यक्ष घिमिरेले आफुलाई उक्त सहकारी सस्थाको ब्यबस्थापकको रुपमा परिचय गराएका छन । आर्थिक बर्ष २०७८/०७९ को बार्षिक बजेट अन्तरगतको पशु पालक कृषकलाई वितरण गरिने लिटर अनुदान अन्तर्गत वडा अध्यक्ष राम प्रसाद घिमिरेको एकल निर्णय बाट लिटर अनुदानमा अनियमितता भएको हो ।

गाउँमानै नभएका श्याम प्रसाद घिमिरेको नाममा बार्षिक रुपमा ४८२६ लिटर दुग्ध गोकुल दुग्ध उत्पादक सहकारीमा बिक्रि गरेको फर्जी कागज तयार पारि अनुदान वितरण गरिएको छ भने अर्का फर्जी कृषक सबिन घिमिरे को नाम खडा गरि सबिनको नाममा ९६०७ लिटर दुग्ध बिक्रि गरेको नक्कली कागज तयार पारि लिटर अनुदानको रकम भुक्तानी गरेको पाहिएको छ । वडा अध्यक्ष घिमिरे आफै वडा अध्यक्ष भएको र सहकारीको संचालक समेत भएको ,मौका छोपी चेतनाथ घिमिरेको नाममा १००३ लिटर,वडा अध्यक्ष राम प्रसाद घिमिरेले ५५६४ लिटर कमला घिमिरेले ६०९४ लिटर गोपिनी घिमिरेले ६१४२ लिटर रुपेश घिमिरे ४७४० लिटर मनकुमार स्याङ्तानले ४७४० लिटर दिपा तिम्सिनाले ४५७१ लिटर गोबिन्द प्रसाद घिमिरे जो १० बर्ष देखि पोखरा बस्दै आएका छन उनले ७६५२ लिटर दुग्ध बिक्रि गरेको नक्कली कागज मिलाई दुग्ध लिटर अनुदान लिएका हुन् ।
दुग्ध लिटर अनुदान लिएकाहरु अधिकाश त्याहाँका कृषक नभएको पाहिएको छ । त्यति मात्र होइन वडा अध्यक्ष घिमिरे परिवारले मात्र लिटर अनुदान अन्तर्गत वडा अध्यक्ष रामप्रसाद घिमिरे निजको श्रीमती दुर्गा घिमिरे जेठो छोरा नबिन घिमिरे जेठी बुहारी दिपा तिम्सिना कान्छो छोरा सुवास घिमिरेको नाममा फर्जी कागज बनाई ३५ हजार १ सय छयानब्बे लिटर दुग्ध बितरण गरेको देखाई लिटर अनुदान लिएको पाहिएको छ । वडा अध्यक्ष घिमिरेले पदीय दुरुपयोग गरि असुली धन्दा गरेको भन्दै जन स्तर बाट बिरोध भएको एक स्थानीयले बताए ।










प्रतिक्रिया