राजु बस्नेत
ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरेले स्थानीय सरकार संचालन कार्यविधि बिपरित कार्य गरेको खुलासा भएको छ । वडा अध्यक्ष घिमिरेले स्थानीय सरकार संचालन ऐन २०७३ बिपरित कार्य गर्दै आएको पाहिएको हो ।
अध्यक्ष घिमिरेले आफु वडा अध्यक्ष भएको समयमै नेपाल सरकारले दुग्ध किसानलाई दिदै आएको लिटर अनुदान कार्यक्रमा अन्तरगत वडा अध्यक्ष घिमिरेले आफैले पनि लिटर अनुदान बुझेको पाहिएको हो । वडा अध्यक्ष घिमिरेले आफ्नो वडामा घिमिरे शासननै चलाउदै आएको जनगुनासो समेत रहने गरेको छ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका १ कत्वनबेशीमा गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको समेत अध्यक्ष हुदाँ वडा अध्यक्ष घिमिरेले आफैले पनि लिटर अनुदान लिएको खुलेको हो । अध्यक्ष घिमिरेले राज्यको पैसा आफुले मात्र दुरुपयोग गरेनन् आफ्ना छोरा बुहारी श्रीमती भाई भतिजा सम्मको हाजिर खडा गरेर लिटर अनुदानको नाममा आर्थिक अनियमितता गरेको पाहिएको हो ।
राज्यले पशु पालक असली कृषकलाइ प्रोत्साहन स्वरूप लिटर अनुदानको कार्यक्रम ल्याएको भए पनि ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष घिमिरे जस्ता जनप्रतिनिधिकै कारण यो अनुदान कार्यक्रम असली किसानले भन्दा पनि “डमी” किसानले फाइदा लिने गरेका छन । “घ्यु कहाँ पोखियो थालमा” भने जस्तै भएको छ दुग्ध लिटर अनुदान कार्यक्रमा ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरे लाई ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु पालक कृषकको लागि टेवा पुग्ने उदेश्यका साथ बितरण गरेको लिटर अनुदान कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८/०७९ को अनुदान वितरणमा ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ मा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको नाममा उपलब्ध गराएको लिटर अनुदान रकममा चरम आर्थिक अनियमितता भएको हो । वडा अध्यक्ष घिमिरेले उक्त अनुदान रकम वितरणमा फर्जी कृषकको नाममा अनुदान वितरण गरेका हुन् ।

गाउँमा नभएका व्यक्तिको नाममा समेत लिटर अनुदान प्रदान गरेका घिमिरेले आफ्नो घरका पारिवारिक सदस्यको नाममा समेत लिटर अनुदान हत्याएका थिए । गोकुल दुग्ध उत्पादक सहकारी वाट लिटर अनुदान रकम लिनेहरु वडा अध्यक्षका परिवारका सदस्य देखि एकाघरका व्यक्ति समेत रहेका छन भने कयौ व्यक्ति त् गाउँमा नभएको पनि पाहिएको छ । गाउँमा नभएका व्यक्तिको हकमा वडा अध्यक्ष घिमिरेकै सहभागितामा किर्ते हस्ताक्षर् गरि लिटर अनुदान झ्वाम पारेका हुन् । लिटर अनुदान लिने हरु वडा अध्यक्ष राम प्रसाद घिमिरे, निजको श्रीमती दुर्गा घिमिरे,वडा अध्यक्षका जेस्ठ छोरा नबिन घिमिरे, जेठी बुहारी दिपा तिम्सिना, अध्यक्षकै कान्छो छोरा सुवास घिमिरे समेतले लिटर अनुदान लिएका थिए भने बिगत लामो समय देखि चापागाउँ बस्दै आएका श्याम प्रसाद घिमिरेले समेत अनुदान लिएको खुलेको हो जबकि श्याम घिमिरे कृषकनै होइनन श्याम प्रसाद घिमिरेकै बुवा तेज प्रसाद घिमिरेले समेत अनुदान लिएका छन ।
उक्त अनुदान लिनेमा एकै परिवारका श्रीमान् / श्रीमती चेतनाथ घिमिरे र कोपिला घिमिरे दुवै जनाले अनुदान लिएका हुन् बिगत १०/१२ वर्ष देखि कास्की जिल्ला पोखरा बस्दै आएका गोबिन्द घिमिरे र निजको श्रीमती रेनुका घिमिरे समेत लाई वडा अध्यक्ष राम प्रसाद घिमिरेले किर्ते हस्ताक्षर् गरि अनुदान वितरण गरेको रहस्य खुलेको हो । किर्ते हस्ताक्षर् बाट नक्कली कृषक खडा गरि अनुदान वितरण गरेका अध्यक्ष घिमिरेले एकाघरका डेल प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे त्यस्तै गरि एकाघरका गोबिन्द घिमिरे निजको श्रीमती शुशिला घिमिरे र छोरा सबिन घिमिरे समेतको नाम खडा गरि लिटर अनुदान दिएका थिए । वडा अध्यक्ष घिमिरेले राज्यको ढुकुटीमा नक्कली कृषक खडा गरि अनुदान दिएको भन्दै स्थानीयले बिरोध जनाएका छन ।










प्रतिक्रिया