बागमतीमा बानियाँलाइ “ब्याक फायर”

बागमतीमा बानियाँलाइ “ब्याक फायर”

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० श्रावण २०८१, १२:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० श्रावण २०८१, १२:००

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बागमती प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँ बिगत सात बर्ष यता भित्ते मुख्यमन्त्रीको रुपमा चिनिदै आएका छन ।

देश संघीय गणतन्त्रमा गए पछी २०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य जितेका बानियाँ तत्कालिन समयमा नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका थिए । त्यस समयमा बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभामा ससदीय दलको नेता निर्बिरोध चयन भएका थिए ७४ को निर्वाचन यता सदन र सडकमा बानियाँको प्रभाब रहदै आएको थियो ।

बानियाँले २०७४ को निर्वाचनामा आफुलाई बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए र जनताले मत मार्फत पत्याइदिएका पनि थिए तर त्यो संसदिय कार्यकालमा बानियाँ केवल भित्ते मुख्यमन्त्रीमै सिमित भए । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री त् हुन् सकेनन् तर नेपाली कांग्रेसको १४ औ महाधिबेशन वाट बागमती प्रदेश सभापति सम्म भए हाल पनि बहालमै रहेका छन ।

नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा

जब बानियाँ बागमती प्रदेश सभापति भए त्यस यता बानियाँ आफ्ना हरेक रणनीतिमा असफल हुदै गए पार्टी भित्र बानियाँ ब्रान्डको ओरालो लाग्दै गयो २०७९ को आम निर्वाचन बाट बानियाँ पार्टी भित्र निक्कै बिबादित पात्र समेत बने। आम कार्यकर्ताले उक्त निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय डीना र नेपाली कांग्रेस मकवानपुरका नेता निवर्तमान हेटौडा नगर सभापति आनन्दराम पराजुली लाई हराउन सक्रिय भएको आरोप जब बानियाँलाइ नेता कार्यकर्ताले लगाउन थाले त्यस पछी हरेक पटक पार्टी भित्र बाट बानियाँलाइ “ब्याक फायर” हुन् थाल्यो ।

बागमतिमा ब्राण्ड बनेका बानियाँ त्यस पछी राजनीतिक रणनीतिमा असफल हुदै गए बागमती प्रदेश सभापति समेत रहेका बानियाँ २०७९ को चुनाब पछी नेपाली कांग्रेस बागमती प्रदेश ससदीय दलको नेतामा समेत नराम्रो सित पछारिए। बानियाँले संसदिय दलको निर्वाचनमा बानियाँलाइ नेता कार्यकर्ताले लगाउने गरेको पार्टीकै नेता हराउने आरोपको “ब्याक फायर” ससदीय दलको निर्वाचनमा नराम्रो सित् भोग्नु पर्यो।बानियाँलाइ कहिले राजेन्द्र पाण्डेले भित्ते मुख्यमन्त्री बनाए त कहिले आफ्नै पार्टीका केन्द्रीय नेतृत्वले भित्ते मुख्यमन्त्री बनाए।

पार्टी नेतृत्व बाट रिंग आउट भएका बानियाँलाइ पछिल्लो समय केहि संचार माध्यम र फेसबुकाले समेत मुख्यमन्त्री बनाउन पछी पारेनन्।सालिकराम जमरकटेल नेतृत्वको सरकार अल्पमतमा परे पछी बानियाँले बहादुर सिं लामा लाई रोकेर आफु बागमती प्रदेश सरकारको मुख्यमन्त्री हुने खेलोमेलो नगरेका भने होइनन् तर बानियाँलाई केन्द्रीय नेतृत्व स्वीकार गर्न सकेन र बानियाँ यो पटक पनि भित्ते मुख्यमन्त्रीमा मात्रै सिमिति भए ।

जबकी नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता बहादुर सिं लामाले मुख्यमन्त्रीको सपथनै खाइ सके त्यसपछि बानियाँको हात वाट मुख्यमन्त्री फुत्कियो ।जब आफु यो पटक पनि भित्ते मुख्यमन्त्रीमै सिमित हुने सुइँको पाए पछी बानियाँ आफु निकटका लाई मन्त्री बनाउने रस्साकसीमा लागेका थिए । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बानियाँको विकल्प अरु हुन नसक्ने प्रतिक्रिया दिएका प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन लाई मन्त्री बनाऊन बानियाँ अन्तिम प्रयासमा जुटेका छन ।

मुख्यमन्त्री सपथ पछी बधाई लिदै मुख्यमन्त्री लामा

एमालेको समर्थनमा बनेको बागमती प्रदेश सरकारको मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको सपथ ग्रहणमा महर्जन समेत मन्त्री बन्ने हल्ला बाहिरीए पछी उक्त सपथ कार्यक्रमनै भाड्भैलो जस्तै भएको थियो।यो पटक पनि बानियाँ लाइ “ब्याक फायर” भएको कांग्रेसीहरु बताउँदै आएका छन ।नेपालि उखाननै छ “पाए जन्त नपाए अन्त” भने जस्तै बानियाँ माथि एक पछी अर्को “ब्याक फायर” भए पछी बानियाँले महर्जनलाई मन्त्रीको रुपमा अगाडी सारेका थिए।त्यति मात्र नभएर बानियाँले नेपाली कांग्रेस बागमती प्रदेश सभा सदस्य प्रभात तामाङ्ग समेतको लबिंग गरेको आरोपकै कारण तामाङ्ग समेतले “ब्याक फायर” भेटेको कांगेस नेताहरुको बुझाइ रहेको छ।मन्त्रीको सपथमा पुगेका महर्जन र तामाङ्ग खालि हातनै फर्कनुको कारण बानियाँ माथिको “ब्याक फायर” भएको नेतृत्वले आरोप लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस