ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको बेरुजु ११ करोड बाइस लाख बढी रहेको महालेखा प्रतिबेदनले उल्लेख गरेको छ ।
गाउँपालिकाले १९ लाख बढी गत बर्षको भुक्तानी बाट बिभिन्न व्यक्ति सित् असुल गर्नु पर्ने देखिएको भए पनि असुल गर्ने तर्फ गाउँपालिकाले कुनै चासो नदिदा जनताको करमा महाङ्काल गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको रजाईनै देखिएको हो ।
पालिकाले गत बर्ष मात्र ६८ लाख भन्दा बढी आर्थिक अनियमितता गरेको छ भने बिना बिल भर्पाइनै सोझै एक करोड बढी रकम भुक्तानी गरेको पाहिएको छ । पालिकाले स्थानीय सरकार संचालन कार्यविधिको अबज्ञा गर्दै ५ लाख पेश्की समेत दिएको प्रतिबेदन मा उल्लेख भएको छ । पालिकाले मोबाइल फर्निचर जस्ता जिन्शी सामान खरिदमा समेत खरिद ऐन बिपरित खरिद गरि सोझै त्रीचालिस लाख ११ हजार भुक्तानी गरेको छ पालिका वाट गत आर्थिक बर्षमा बाल बिकास सहज कर्ताको नाममा भुक्तानी गरेको एघार लाख ८३ हजार असुल गर्नु पर्ने उल्लेख भए पनि पालिकाले हाल सम्म पनि उक्त रकम असुल गर्ने कुनै प्रक्रिया अबलम्बन नगरेको पाहिएको हो ।

“कहिँ नभएको जात्रा हाडी गाउँ” भने जस्तै गत आर्थिक बर्षमा महाङ्काल गाउँपालिकाको ४ नम्बर वडाका महिलालाई स्कुटर सिकाउने भनेर समेत एक लाख रकम भुक्तानी गरेको छ । पालिकाले करार कर्मचारी नियुक्तिमा समेत अन्ठाउन्न लाख बढी अनियमितता गरेको टेलिफोन खर्चमा एक लाख ८७ हजार बढी अनियमितता गरेको कानुन बिपरित पालिका अध्यक्ष गणेश बहादुर के.सी र उपाध्यक्षले स्वकीय राखी तिन लाख बयानब्बे हजार बढी भुक्तानी गरेको पालिकाले पालिकाको ६ जना वडा अध्यक्ष लाई पालिका वाट मोटर साइकल खरिद गरि दिदाँ समेत सबै वडा अध्यक्षले यातायात खर्च पालिका बाट बुझ्ने गरेको महालेखा प्रतिबेदनमा उल्लेख भएको छ पालिकाले दुई लाख ९८ हजारको पाइप खरिद गरेको बिल भुक्तानी गरेको तर उक्त पाइप कुन ठाउँमा प्रयोग भएको समेत खुल्न नसकेको पाहिएको हो ।

पालिकाले १० लाख बढीको समान खरिद गर्दा बार्षिक योजना बनाउनु पर्ने र १ करोड बढीको समान खरिदा गर्दा गुरु योजना बनाउनु पर्ने खरिद ऐनमा उल्लेख भए पनि पालिका वाट त्यस्ता योजनानै नबनाई सोझै सामान्य तोक आदेशमा काम हुने गरेकोसमेत पाहिएको छ ।










प्रतिक्रिया