मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ९ बेतिनिमा रहेको सामुदायिक बिद्यालय बाघ भैरब माध्यमिक एसईई परिक्षा २०८० को रिजल्टमा निल गएको हो । बाघ भैरव माध्यमिक बिद्यालय बाट २०८० को शैक्षिकसत्रमा १० जना विद्यार्थी सहभागी भएकोमा १० जनानै फेल भए पछी उक्त बिद्यालय निल गएको जिल्ला शिक्षा बिकाश समन्वय कार्यालय मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताए ।
बागमती गाउँपालिकाले बाघ भैरब माधय्मिका बिद्यालयमा गरेको लगानी बालुवामा पानि भने जस्तै भएको छ ।
बिद्यालयमा गाउँपालिकाले आवश्यक श्रोत साधनको पर्याप्त ब्यबस्थापन गर्दा पनि बिद्यालय निल गएको हो । बागमती गाउँपालिकाबाट ३ सय ३९ जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएकोमा २७ जनाले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । ५ वटा माध्यमिक विद्यालय रहेको यस गाउँपालिकामा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन योग्य भएनन् । बागमती माविबाट ६३ र बाघ भैरव माविबाट १० जना सहभागी परीक्षार्थी मध्ये एकजना पनि उत्तीर्ण नभएका हुन् ।
बाघ भैरव माध्यमिक बिद्यलामा हस्त बहादुर रानाले प्रधानाध्यापकको जिम्मेवारीमा काम गर्दै आएका छन । राज्यको बिभिन्न निकायले शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि शैक्षिक गुणस्तर भने बाघ भैरव माध्यमिक विद्यालयको रिजल्टले नै प्रस्ट पार्ने गरेको जानकारहरु बताउछन ।
बागमती गाउँपालिकाले नीति तथा कार्यक्रममानै शिक्षा क्षेत्रमा पालिकाले २३ वटा बुदाहरु समेटेर गाउँपालिका भित्र रहेका बिद्यालय त्यहा कार्यरत शिक्षक् शिक्षिका हरुलाइ सेवा सुबिधा थप गरिने शैक्षिक गुणस्तर लाइ प्रभाबकारी बनाउने जस्ता नीति पास गरे पनि बाघ भैरव माध्यमिक विद्यालयले भने एक जना समेत पास गराउन नसक्नुले बागमती गाउँपालिकाको शैक्षिक गुणस्तर र पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी कति उपलब्धि मुलक रहयो कति ब्यबाहारिक रहयो भन्ने कुरा लाइ प्रस्ट पारेको छ ।










प्रतिक्रिया