जग्गा खालि गर्न गएको टोली समय थपेर फर्कियो

जग्गा खालि गर्न गएको टोली समय थपेर फर्कियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ बैशाख २०८१, ०९:५९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ बैशाख २०८१, ०९:५९

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमण गरि घर-टहरा बनाइ हेटौडा ५ क्याम्पाडाडामा बसेका व्यक्तिको घरटहरा भत्काउन गएको जिल्ला प्रशासन कार्यालय मकवानपुर सहितको टोलि समय थप गरेर फिर्ता भएको छ ।

हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमण गरेर बसेकालाई सामान सार्नका लागि एकदिनको समय दिइएको छ । पटक पटक जग्गा खालि गर्न सुचना प्रकाशन गरे पनि अटेर गर्दै आइ रहेका थिए ।

केन्द्रले आजबाट अतिक्रमित संरचना भत्काउने बताएको थियो । पटक(पटक अनुरोध गर्दासमेत अटेर गरेपछी जिल्ला प्रशासन, प्रहरी र हेटौडा उपमहनागरपालिकाको समन्वयमा आजबाट अतिक्रमित संरचना खालि गर्न जेसीबी पुगेपनि स्थानीयले आफ्ना सामान हटाउनको लागि समय दिन अनुरोध गरेपछी प्रमुख जिल्ला अधिकारीले भोलि सम्मको समय दिएका हुन् ।

अतिक्रमण गरिएको स्थानमै पुगेका प्रजिअ सूर्य प्रसाद सेडाईले सामान सार्नको लागि एकदिनको समय दिइएको बताए । उनका अनुसार भोलिबाट संरचना भत्काउने काम सुरु हुनेछ । उनले भने भोलि सम्ममा समान नहटाए जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा भत्काउने बताए ।

२०४४ सालमा स्थापना भएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडा ४७.०९ हेक्टर क्षेत्रफ़लमा रहेको भए पनि केन्द्रको जग्गा अतिक्रमण गरी घर-टहरा निर्माण  गरिएको थियो । केन्द्र हेटौडाले पटक पटक सूचना निकालेर केन्द्रको नाममा रहेको जग्गामा बनाएका घर टहरा हटाउन निर्देशन दिए पनि स्थानीयले अटेर गर्दै आइरहेका थिए ।

केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएको घर-टहरा हटाउन पटक(पटक छलफल भए पनि जग्गा अतिक्रमण गर्ने स्थानीयले अदालतमा मुद्धा दायर गरेका थिए ।  प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले १६ भाद्र २०८०  मा आफ्नो नाममा रहेको जग्गा ३५ दिन भित्र खालि गर्न सूचना प्रकाशन गरेपछी स्थानीयले उच्च अदालत पाटन(हेटौडा इजलासमा अन्तरिम आदेश गरि पाउ भनि रिट दायर गरेका थिए । निबेदक हरुलाई उच्च अदालतले १२ असोज २०८०  मा अन्तरिम आदेशसमेत दिएको थियो ।

पुनः उच्च अदालत हेटौडा इजलासले गत २१ फागुनमा निबेदकहरुको नाममा गरेको आदेश निस्क्रिय भएको जानकारी गराएको थियो । अन्तरिम आदेश निस्क्रिय भएपछी प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले अतिक्रमित जग्गा खालि गर्न बाटो खुलेको थियो । हेटौडा उपमहानगरपालिका ५ का वडा अध्यक्ष शुसिल घिमिरेले पटक-पटक जग्गा खालि गर्न पत्र पठाए पनि उनि भने आज उपस्थित भएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस