थाहा नगरको बजेटमा बालहित प्रथामिक विद्यालयको रजाई

थाहा नगरको बजेटमा बालहित प्रथामिक विद्यालयको रजाई

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८१, ०९:५७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८१, ०९:५७

 

सुन्दा पनि अचम्म लाग्न सक्छ मकवानपुरको थाहा नगरपालिकाले बकैया गाउपालिकाको एक विद्यालयलाई रकम निकाशा किन गरेको होला भनेर ? तपाइँ हरुले अचम्मित हुनु पर्दैन वास्तविक त्यहि नै हो ।

मकवानपुरको थाहा नगरपालिका बाट बकैया गाउपालिका ३ बसनमा रहेको बाल हित प्रथामिक बिद्यालयमा गत आर्थिक बर्षमा १३ लाख ६० हजार छ सय पचपन्न रुपयाँ निकाशा भएको र आर्थिक बर्ष २०७९/०८० मा सोहि नगरपालिका बाट १६ लाख २५ हजार एक सय नौ रुपयाँ निकाशी भएको बालहित प्रथामिक बिद्यालयको लेखा परिक्षण् प्रतिबेदनमा उल्लेख भएको छ ।

केशब कुमार अधिकारि एण्ड एसोसियटसका लेखा परिक्षक् केशब कुमार अधिकारीले तयार गरेको प्रतिबेदनमा थाहा नगरपालिका बाट उक्त रकम निकाशा भएको उल्लेख गरेको पाहिएको छ । आर्थिक प्रतिबेदनमा विद्यालयका प्र.अ सारदा फुयाँल बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष् कमल कुमार बि.क ले समेत प्रमाणित गरेका छन ।

थाहा नगरपालिका सित् सिमाना समेत नजोडिएको बकैया गाउपालिकाको एक विद्यालयलाई यति ठुलो रकम किन निकाशा गरेको होला भनेर थाहा नगरपालिकाका नागरिकले सामाजिक संजालमा गुनासो गर्दा समेत हालसम्म थाहा नगरपालिका बाट कुनै प्रतिक्रिया भने आउन सकेको छैन । थाहा नगरपालिका भित्र रहेका बिद्यालयमा थाहा नगर पालिकाले उचित लगानी र सरक्षण् गर्न नसकी रहेको अवस्थामा अन्य पालिकाको विद्यालयलाई यति ठुलो रकम निकाशी गर्नुले थाहा नगरपालिकाका नागरिक हरु आक्रोसित बनेका छन ! सामाजिक संजाल मार्फत थाहा नगर वासीले यो कार्य प्रति खुलेरै बिरोध गरेका भए पनि नगर पालिका भने मौन बसेको छ !

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस