थाहामा तरुण दलको शुभकामना तथा चियापान कार्यक्रम

थाहामा तरुण दलको शुभकामना तथा चियापान कार्यक्रम

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ बैशाख २०८१, ०९:१३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ बैशाख २०८१, ०९:१३

नेपाल तरुण दल थाहा नगरपालिका ६ नम्बर वडा कमिटिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहिमा नयाँ बर्ष २०८१ को सन्दर्भमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुणदल बज्रबाराहीका नेता पञ्चलाल स्याङ्तनको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा चिया पान समारोह कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका पुर्व जिल्ला सभापति रघु रमण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन भएको छ । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिब तथा युवा नेता इश्वर पाठक तरुण दल केन्द्रीय सदस्य गुरु प्रसाद दहाल (गोपी) नेपालि कांग्रेस मकवानपुरका नेता शंकर न्यौपाने नेपाल तरुण दल मकवानपुरका कार्यबहाक अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

देशमा नयाँ पार्टी भनिएका हरु बाट जनतामा भ्रम छर्ने कार्य भैरहेको कारण आम तरुण साथि हरुले नयाँ पार्टी हरुले जनतामा भ्रम छर्ने भड्काउने जस्ता कार्य गरि रहेका कारण त्यस्ता भ्रमित हुने कार्यलाई निरुत्साहित गर्नु पर्ने र सबै तरुण साथि हरु एक ढिक्का भएर समाज सुधार स्थानीय बिकाश निर्माण को कार्यमा जुट्नु पर्ने प्रमुख अतिथि न्यौपानेले बताउनु भयो । कार्यक्रमामा सचिब पाठक लगायत जिल्ला तहका नेता तरुण दल केन्द्रीय सदस्य गुरु प्रसाद दाहाल तरुण दल मकवानपुरका कार्यबहाक अध्यक्ष् लिलाराज सापकोटा सन्तोषले शुभकामना आदान प्रदान तथा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस