हेटौडा / नेपाल पत्रकार महासंघको तिन बर्षे कार्यकाल यहि चैत २५ गते बाट सकिदैछ महासंघ केन्द्रीय समितिले देशैभर रहेका जिल्ला साखा हरु को अधिबेशन यहि चैत अन्तिंम सम्ममा गरि सक्नु पर्ने निर्देशन दिए पनि अहिले देशैभरका साखा हरुमा बिबाद चुलिएका कारण अधिबेशन हुने वा नहुने टुङ्गोमा पुग्न सकेको छैन । नेपाल पत्रकार महासंघको सदस्यता तथा मतदाता नामावलीको टुङ्गो लगाएर मात्रै जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ ।
युनियन मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अधिवेशन गर्नुपूर्व नै सदस्यता र मतदाता नामावलीको टुंगो लगाउनुपर्ने माग गरेको हो । युनियन मकवानपुरद्वारा जारी विज्ञप्ति अध्यक्ष सुवास विडारीले महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेका छन् ।
‘नेपाली श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ सहयोग छ । तर, महासंघ मकवानपुरले सदस्यता शुदीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरुलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएकोमा हाम्रो गम्भीर आपत्ती रहँदै आएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाबाट सदस्यता सिफारिस गरेर पठाउँदादेखि नै हाम्रो गम्भीर आपत्ती रहँदै आएको छ । अध्यक्ष विडारीले भने, महासंघ मकवानपुरले यही चैत २५ गते अधिवेशन गर्ने भन्ने सुनिएकोले सदस्यता र मतदाता नामावली टुंगो नलगाई अधिवेशन नगर्न हामी आग्रह गर्दछौँ ।
उनले युनियनको सुझावलाई बेवास्था गरी अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही महासंघ मकवानपुर नै हुनेसमेत बताए ।
केही दिन अघि प्रेस युनियन केन्द्रीय समितिको सुनसरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा असहमति जनाउँदै सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया