सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० बढ्यो

सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० बढ्यो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ जेष्ठ २०८०, ०१:१५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ जेष्ठ २०८०, ०१:१५

मंगलबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस