ज्यामिरेखोलामा ३ करोड ११ लाख बढी लगानीमा निर्मित पुल उद्घाटन

ज्यामिरेखोलामा ३ करोड ११ लाख बढी लगानीमा निर्मित पुल उद्घाटन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ श्रावण २०७८, ०७:३१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ श्रावण २०७८, ०७:३१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, आमभन्ज्याङस्थित ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुल उद्घाटन् गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित पुलको शनिबार उद्घाटन गरे । गाउँपालिका, प्रदेश र संघीय सरकारले ३ करोड ११ लाख रुपैयाँ लगानी गरेर पुल निर्माण गरिएको हो ।
पुल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको विकास कार्यमा अगाडी बढिरहेको बताए । उनले प्रदेश सरकारले हालसम्म ६२ वटा पुल निमाृण गरेको बताए ।

पुल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ, जिल्ला विकास समिति मकवानपुरका पूर्व उपसभापति बद्री लम्साल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नम्बर–६ का अध्यक्ष टिका दाहाल लगायतले भनाइ राखेका थिए ।

संघीय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा पुल निर्माण भएको पालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस