थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुग्यो

थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुग्यो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ श्रावण २०७८, ०६:४० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ श्रावण २०७८, ०६:४०

मकवानपुर । मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसंगै कोरोनाबाट ज्यान जानेको संख्या १ सय ४० जना पुगेको छ ।

मृत्यु हुनेमा कोरोना संक्रमित भई हेटौंडा अस्पतालमा उपचार गराइरहेका मकवानपुरका एक र सर्लाहीका एक जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय पुरुष र सलार्हीकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो । पछिल्लो समय दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान जानेको संख्या १ सय ४० जना पुगेको कार्यालयको भनाई छ ।

कार्यालयले दिएको जानकारी अनुसार मकवानपुरमा थप ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो समय ७२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस