कोरोना भाइरसः आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

कोरोना भाइरसः आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:५०

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ ।

यस्तै ट्वीटरले विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई पनि सकेसम्म घरबाटै काम गर्न प्रोत्साहित गरेको छ। एक दिनअघि ट्वीटरले आफ्ना कर्मचारीलाई अत्यावश्यक बाहेकका व्यवसायिक यात्रा तथा कार्यक्रमहरुका सहभागी नहुन भनेको थियो ।

Source:deshsanchar.com

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस