मनहरीमा बस दुर्घटना २२ जना घाइते

दुर्घटना

मनहरीमा बस दुर्घटना २२ जना घाइते

उपचारको लागि चितवन पठाईयो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० फाल्गुन २०८२, ०८:३६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० फाल्गुन २०८२, ०८:३६

मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा यात्रुबहाक बस दुर्घटना भएको हो । बिजौनामा भएको यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

आज बिहान ७ बजेको समयमा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ००५४ नंम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाया साईडमा रहेको बिधुतको पोलमा ठक्कर खाई  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिएका हुन् ।

यात्रुबहाक बस दुर्घटना भएको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक दिपक थापा सहित १६ जनाको टोलिले घाइते भएका २२ जनालाई उद्धार गरि उपचारको लागि चितवन पठाएको थियो । बसमा कति जना सवार रहेका थिए भन्ने विवरण खुल्न सकेको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस