ट्रक र कार ठोक्किदा एकको मृत्यु हेटौंडाका चालक प्रहरी नियन्त्रणमा

दुर्घटना

ट्रक र कार ठोक्किदा एकको मृत्यु हेटौंडाका चालक प्रहरी नियन्त्रणमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ मंसिर २०८२, ०१:१४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ मंसिर २०८२, ०१:१४

पुर्व – पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चंद्रपुर नगरपालिका ४ स्थित चंद्रपुर नजिकैको लच्कामा ट्रक र कार ठक्कर हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चंद्रपुरले बताएको छ ।

रौतहट प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरट्याक गर्ने क्रममा आज बिहान ठक्कर भएको जनाएको छ ।

आज बिहान अन्दाजी ७ बजेको समयमा भएको उक्त दुर्घटनामा बारा निजगढ़ निवासी कार चालक दिनेश थपलिया र कारमा सवार चंद्रपुर ६ का डोरमणि सापकोटा घाईते भएका छन । कार चालक थपलियाको टाउको तथा अनुहारमा चोट लागेको छ भने सापकोटाको छाती तथा अन्यत्र भित्री चोट रहेको प्रहरीको भनाई रहेको छ ।

प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका ७ बस्ने अन्दाजी बर्ष ५३ को श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको इलाका प्रहरी कार्यालय रौतहट चंद्रपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस