ललितपुर संघिय क्षेत्र नम्बर २ बाट चित्रकार सिफारिस

उमेदवारका कुरा

ललितपुर संघिय क्षेत्र नम्बर २ बाट चित्रकार सिफारिस

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ मंसिर २०८२, ०९:५७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ मंसिर २०८२, ०९:५७

शुशिला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्ने भनिएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले देशैभरि उमेदवार चयनको प्रक्रियालाई तिब्रगतिमा अगाडी बढाएको छ । कांग्रेसले जेनजी आन्दोलन पश्चात राखेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार जनप्रतिनिधि र समानुपातिक सांसदको बिषयमा प्रस्ट उल्लेख गरेको भए पनि ललितपुरको संघिय क्षेत्र नम्बर २ बाट भने नेपाली कांग्रेसले बागमती प्रदेश सभा सदस्य ललितपुरका परिचित नेता रामकृष्ण चित्रकारको नाम प्रतिनिधि सभा सदस्य उमेद्वारको लागि सर्व सम्मत चयन गरि सिफारिस गरेको छ ।

नेपालि कांग्रेस केन्द्रीय कार्यालयको २०८२ मंगसिर १५ र १८ गतेको परिपत्र अनुसार उमेदवार चयन गरि सिफारिस गर्नु पर्ने प्रावधान अनुसार नेपालि कांग्रेस ललितपुर संघिय सभा क्षेत्र नम्बर २ बाट चित्रकारलाई सिफारिस गरिएको कांग्रेस ललितपुर स्रोतले बताएको छ ।

नेपाली कांग्रेस ललितपुर संघिय क्षेत्र नम्बर २ अन्तर्गत रहेका क्षेत्रिय कार्यसमिति क्षेत्रका केन्द्रीय महाधिबेशन प्रतिनिधि प्रदेश अधिबेशन प्रतिनिधिको मंगसिर २० गते बसेको सयुक्त बैठकले ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट रामकृष्ण चित्रकारलाई सिफारिस गर्ने निर्णय भएको हो । बैठकले अहिलेको जटिल परिस्थितिमा नेपाली कांग्रेसलाई बलियो र प्रतिनिधित्व बनाउन ललितपुर क्षेत्र नम्बर २ मा रामकृष्ण चित्रकार मात्र बलियो उमेद्वार रहेको कारण चित्रकारलाई सिफारिस गर्ने निर्णय गरेको बताइन्छ ।

नेपाली कांग्रेस ललितपुर संघिय क्षेत्र नम्बर २ बाट ९ जनाले उमेद्वार बन्ने इच्छा ब्यक्त गरेको अवस्थामा सयुक्त बैठकले चित्रकारलाई मात्र सिफारिस गर्ने र यदि पार्टीको परिपत्र अनुसार चित्रकारको बिकल्पमा महासमिति सदस्य प्रेमकृष्ण महर्जनलाई अघि सार्ने बैठकले निर्णय गरेको हो ।

विद्यार्थी राजनीतिबाट ललितपुरमा आफ्नो पहिचान बनाएका चित्रकार राजनीतिमा प्रखर बक्ताको रुपमा स्थापित बनेका छन भने ललितपुरे जनताको बीच निक्कै लोकप्रिय नेताको रुपमा पनि चिनिन्छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस