शिबम सिमेन्टले दियो ‘छात्रा’ लक्षीत छात्रवृत्ती

विद्यालयका कुरा

शिबम सिमेन्टले दियो ‘छात्रा’ लक्षीत छात्रवृत्ती

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ मंसिर २०८२, ०६:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ मंसिर २०८२, ०६:०३

सामुदायीक बिद्यालयमा छात्राहरुको आक्रषण घट्र्दै गएको आधार बनाउँदै हेटौंडा १७ मा  रहेको शिवम् सिमेन्ट लिमिटेडले बिद्यालयमा अध्ययन गर्ने छात्रा बिद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ती प्रदान गरेको छ । हेटौंडा १७ हटिया स्थित उद्योग प्रभाबित क्षेत्रमा रहेको स्थानिय लक्ष्मी आधाभुत बिद्यालयमा अध्ययनरत १०४ जना छात्रा बिद्यार्थीहरुका लागि चालु शैक्षिक सत्रको लागि बिद्यालयले लिने शुल्क प्रदान गरेको हो ।

बिद्यालय सञ्चालनका लागि बिद्यालयले बिद्यार्थीबाट लिर्दै आएको यस शैक्षिक सत्र मध्य आठ महिनाको शुल्क बापत हुन आउँने १ लाख ७९ हजार ४ सय रुपियाँ मंगलबार बिद्यालय परिसरमा औपचारीक कार्यक्रम गर्दै हस्तान्तरण गरेको छ । उद्योगले बिद्यालयमा शैक्षिक छात्रा– छात्रवृत्ती वितरण कार्यक्रम गर्दै १७ नम्बर वडा सदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितीमा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई छात्राबृत्ती वापत भएको रकमको चेक हस्तान्तरण गरेका थिए ।

उद्योगले बिद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका छात्राहरुका लागि छात्राबृत्ती रहको व्यवस्थापन गरेको जनाइएको छ । बिद्यालयमा अध्ययनरत छात्राहरुका लागि उद्योगले दिएको छात्रावृत्तीले बिद्यार्थीको मनोबल उच्च बनाउने बताउँदै प्रधानाध्यापक यदुदेब उपाध्याय सिग्देलले उद्योगले गरेको सहयोग प्रति धन्यवाद दिए । उनले २०६८ सालमा स्थापना भएको उद्योगसँग बिद्यालयले आगामि सत्रबाट पुर्ण छात्रबृतीको माग अघि सारेको जानकारी दिए । उनले भने ‘प्रभावित क्षेत्रमा रहेको बिद्यालयको बारे बिशेष रुपले उद्योगले सोच्न जरुरी छ ।’

प्रधानाध्यपक सिग्देलले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि बर्षमा कम्तीमा २ पटक स्वास्थ्य शिविर र स्वास्थ्य विमा गराउन जरुरी रहेको बताए । उद्योग यस अघि बिद्यालयमा सामाजिक दायित्व अनुसार कम्पाउण्ड वाल निर्माण, स्कुल बसको व्यवस्था, शैक्षिक उपकरण कम्प्युटर प्रिन्टर सहितको सहयोग गरेको जानकारी दिए । कार्यक्रममा उद्योगका प्रबन्धकहरु कल्याण सुवेदी, नरबहादुर खत्री, उपप्रबन्धक मुकेश कुमार, बरिष्ठ अधिकृत रामकुमार कँडेल सहित स्थानिय दलका प्रतिनिधी तथा समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस