औषधी व्यवसायीहरु यति बेला देशभर आन्दोलनमा होमिएका छन । औषधी व्यवस्था बिभागको निर्णय बिरुद्ध व्यवसायी आन्दिलित भएका हुन् । अति आवश्यक सुचिमा रहेको औषधी र सो को लिगल कारोवार गर्ने औषधी व्यवसायीमाथि राज्यले गलत नजिर स्थापित गर्न खोज्दा व्यवसायी आन्दोलनमा हिमिएका हुन् ।
व्यवसाय नवीकरणमा ढिलाई गरे औषधी व्यवस्था बिभागले व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विषयमा विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार हेटौँडाका औषधी व्यवसायीले बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा पसल बन्द गरेर र्यालीमा सहभागी भएका हुन् ।
राप्तीरोडस्थित औषधी व्यवसायी संघ मकवानपुरको कार्यालय परिसरमा भेला भएर व्यवसायीले र्याली सहित औषधी पसल बन्द गराएका थिए । व्यवसायीको विरोध र्याली राप्तीरोड, भिन्तुनापथ हुँदै पुनः सचिवालयमै आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले व्यवसायीमाथि अन्यायपूर्ण व्यवस्था खारेज गर्न माग गर्नुभयो ।
नवीकरण गर्न ढिलाई हुँदा शतप्रतिशत जरिवाना र ३१ दिनपछि व्यवसायीको दर्ता नै खारेज हुने व्यवस्था लागू नगर्न, नगराउन उहाँले सरकारको ध्यानाकर्षण समेत गर्नुभएको छ । सरकारले बिभिन्न दफा लगाएर व्यवसायीमाथि दमन गर्न खोजेको व्यवसायनै बन्द गर्नु पर्ने अवस्था उत्पन्न गरेको आरोप औषधी व्यवसायी संघले लगाउदै आएको छ ।
आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार औषधी व्यवस्था विभागमा पनि व्यवसायीले धर्ना दिएका छन् । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठसहित मधेश प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुले पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित औषधी व्यवस्था विभागको कार्यालयमा आइतबार धर्ना दिएका छन् । आन्दोलनको कार्यक्रम सोमबार पनि जारी रहने र सोमबार बिहान ११ बजेदेखि २ घण्टा औषधी पसल बन्द रहने बताइएको छ ।
संघीय सरकारले औषधी ऐन–२०३५ मा संशोधन गरेर औषधी पसल र फर्म दर्ता नवीकरण गर्ने म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना तथा नवीकरण नगरिएको ३१औं दिनपछि औषधी पसल-फर्म स्वतः खारेज हुने व्यवस्था गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । औषधी व्यवसायी संघको केन्द्रीय सर्कुलर अनुसारनै आन्दोलनलाई थप प्रभावकारी तरिकाबाट लैजाने रणनीति तय भएको औषधी व्यवसायी संघ मकवानपुरका महासचिव भारत कार्कीले बताउनु भयो ।
औषधी व्यवसायी संघले मंगसिर १६ गते सम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । मंगसिर १६ गते सम्म व्यवसायीको माग सरकारले सम्बोधन नगरे वेवास्ता गरे थप आन्दोलनको कार्यक्रम अगाडी बढाउने तयारि भएको संघका केन्द्रीय महासचिव श्रीधर खनालले जानकारी दिनु भएको हो । औषधी व्यवसायी संघले औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ शंसोधन तथा सोहि ऐनको दफा ५ खारेजीको माग गरेको छ ।










प्रतिक्रिया