बागमती प्रदेश स्वास्थ्य व्यवस्थापना आपूर्ति केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटा निलम्बनमा परेका छन । आपूर्ति केन्द्र मातहतको खरिद प्रक्रियामा हेराफेरी गरि मालामाल हुन् खोजे पछी सापकोटा अख्तियारको फन्दामा परेका हुन् । पछिल्लो समय निक्कै विवादित बनेका सापकोटाले खरिद प्रक्रियालाई ई-टेन्डर मार्फत पारदर्शी बनाउने भनेर केहि मिडिया मार्फत भजन गएका भए पनि अन्तत सापकोटा भष्ट्राचारि ठहर हुदै बिशेष अदालतमा मुद्धा दायरा भएको हो ।
बागमती प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख अर्जुन सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख १७ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । कोभिड—१९ विरुद्धको सुरक्षा सामाग्री खरिदमा अनियमितता भएको भन्दैं अख्तियारले सापकोटासहित केन्द्रका तत्कालीन लेखा अधिकृत (मुल्यांकन समितिका सदस्य) राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मुल्यांकन समितिका सदस्य) राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रीजेरेटर टेक्नीसियन रवीकुमार महतो (मुल्यांकन समितिका सदस्य)र तत्कालीन बायोमेडिकल इन्जिनियर (मुल्यांकन समितिका सदस्य) राजेश्वर कमली विरुद्ध मुद्धा दायर गरेको छ ।
यसैगरी, तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्ति कर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका नवराज श्रेष्ठ विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो । उनीहरु सबैबाट ३१ लाख १८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतमा रहेको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रमा सापकोटा निर्देशक हुँदा करोडौ भष्ट्राचार गरेको आरोप सहित उनि माथि दर्जन बढी उजुरी अख्तियार कार्यालयले छानबिन गरि रहेको पाइएको छ । सापकोटाले निर्देशक हुँदा अकुत सम्पति आर्जन गरेको भन्दै सम्पति शुद्धीकरण आयोगमा समेत उजुरी परेको स्रोतको दावी रहेको छ । सापकोटाले ई-टेन्डर मार्फत खरिद प्रक्रिया अगाडी बढाउने नाममा स्पेक लक् गरि आफु निकट व्यवसायीलाई पोशाउने काम गरेको समेत आरोप उनि माथि लागेको छ । स्वास्थ्य व्यवस्थापना आपूर्ति केन्द्रको निर्देशक हुँदा राता रात धनि बन्ने सापकोटाको सपनालाई अख्तियार कार्यालयले पूर्ण बिराम लगाएको छ ।










प्रतिक्रिया