समयमै नियमित महाधिबेशन गर्न पुर्व नेविसंघ नेताहरुले छलफल अगाडी बढाए

कांग्रेसका कुरा

समयमै नियमित महाधिबेशन गर्न पुर्व नेविसंघ नेताहरुले छलफल अगाडी बढाए

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ कार्तिक २०८२, ०८:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ कार्तिक २०८२, ०८:००

नेपाली कांग्रेसको १५ औं महाधिबेशनलाई लियर यति बेला कांग्रेस वृतमा बहस देखि बैठक हुँदै बिभिन्न समुहको भेला भैरहेको बेला आज नेपाल बिद्यार्थी संघमा लामो समय बिद्यार्थीको राजनीतिक गरेका नेतृत्वले काठमाडौंमा छलफल चलाएका छन ।

कांग्रेसको १५ औं महाधिबेशनको बिषयलाई लियर सस्थापन पक्ष र सस्थापन इतर पक्षले फरक-फरक स्थानमा भेला बैठक आयोजना गरि रहेको अवस्थामा आज  नेपाल विद्यार्थी संघमा नेतृत्वमा रहेर काम गरेका नेताहरुले समयमै नियमित महाधिबेशन गर्नु पर्ने भन्दै छलफल चलाएका हुन् । आज भएको छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका पुर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रामकृष्ण चित्रकार लगायतका १८ जिल्ला बाट प्रतिनिधित्व गरेका नेपाल बिद्यार्थी संघका पुर्व पधाधिकारीको सहभागिता रहेको थियो ।

आज भएको छलफलमा नेपाली कांग्रेसको १५ औं महाधिबेशनलाई नियमित महाधिबेशन बनाउनु पर्नेमा जोड दिएको छलफलमा सहभागी एक नेताले बताए । पार्टीमा बिशेष महाधिबेशन गर्ने भन्दै एकाथरी नेता लागि रहेको समयमा नेपाल विद्यार्थी संघका पुर्व नेताहरुले नियमित महाधिबेशन गर्नु पर्ने भन्दै चलाएको छलफललाई पार्टी नेतृत्वले अर्थपूर्ण रुपमा लिएको बताइन्छ ।

आजको भेलालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष् एवं बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले अब नियमित महाधिबेशन गर्नु पर्ने र पार्टी नेतृत्वले समयमै डिसिजन गर्नु पर्ने बताए । चित्रकारले भने पार्टी भित्र वा बाहिर बाट कांग्रेसमाथि आक्रमण भैरहेको छ यस्तो बेला चुनाव अघि वा पछी भनेर बस्न नहुने बताए । यो कांग्रेसको कुरा हो कांग्रेस कार्यकर्ताको कुरा हो कांग्रेस संग आस्था राख्नेको कुरा हो यस्तो बेला पार्टी भित्र दोष र अहंकारको बिजारोपण गरेर पार्टीलाईनै कमजोर बनाउने खेल हुन् सक्ने भन्दै सबै सचेत हुनु पर्ने र पार्टीको उचाई गरिमालाई कायम गर्न एक जुट भएर लाग्नु पर्ने उनको भनाइ रहेको थियो ।

छलफललाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले आम निर्वाचन पछी कांग्रेसको महाधिबेशन गरौ भनेर प्रस्ताब मात्र राख्दा महामन्त्री गगन थापाले सामाजिक संजालमा मात्र प्रस्ताव सार्वजनिक गरेको कारण पार्टीमा समस्या उत्पन्न भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस