स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा बिभागले १५ करोड बरावरको गर्भवती हुने महिलाले सेवन गर्ने आइरन फोलिक एसिड चक्की खरिद प्रक्रिया रद्ध गरे पछी स्वास्थ्य ब्यबसायी संघले उक्त बिषयमा देखिएको फरक र सेटिङ कर्ता भ्रष्ट कर्मचारीलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।
स्वास्थ्य क्षेत्रमा हुने भष्ट्राचारको जालो डरलाग्दो अवस्थामा देखिएको बेला विभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भए पश्चात स्वास्थ्य सेवा बिभागले उक्त टेन्डर रद्ध गरेको थियो । टेन्डर रद्ध गर्नुको मुख्य कारणनै मन्त्रालयका सचिव बिकाश देबकोटा सहितको टिमले उक्त आईरन चक्की खरिद प्रक्रियामा करोडौ घोटालाको आशंका गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले उक्त आईरन फोलिक एसिड चक्की प्रति पिस ०.५५ पैसामा खरिद गर्ने तयारि गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिकाश देबकोटा सहितको टिमले सोहि औषधी ०.९३ रुपयाँमा खरिद गर्न खोजे पछी विवाद उत्पन्न भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधीको दर वृद्धि गरि करोडौं भष्ट्राचार गर्न लागेको तथ्य स्वास्थ्य ब्यबसायी संघले थाहा पाए पछी संघले मन्त्रालयका सचिव बिकाश देबकोटा लगायतको मिलेमत्तोमा आईरन चक्की खरिद प्रक्रियामा करोडौं भष्ट्राचार हुन् लागेको प्रमाण सहित अख्तियारमा उजुरी गरेको थियो ।
स्वास्थ्य ब्यबसायी संघले स्वास्थ्य सेवा बिभागले खरिद प्रक्रिया अगाडी बढाएर करोडौ कुम्लाउने योजनामा ब्रेक लगाए पछी आज पुन स्वास्थ्य व्यवसायी संघका कार्यालय सचिवले आईरन चक्की खरिद प्रक्रियामा नीतिगत भष्ट्राचार गरेको आरोपमा मन्त्रालयका सचिव बिकाश देबकोटा उनका सहयोगी नीति योजना प्रमुख डाक्टर कृष्ण पौडेल महाशाखा प्रमुख पवनजंग रायमाझी सप्लायर्स होम प्रसाद गौतम समेतलाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दायरा गरेको कार्यालय सचिव पौडेलले बताए । उजुरीमा भनिएको छ आइरन चक्की खरिद प्रक्रिया टेन्डर रद्ध गर्नुले उक्त खरिद प्रक्रियामा भष्ट्राचार छ भन्ने पुस्टि हुने आधार र कारण सहित कारवाही माग गर्दछौ ।
स्वास्थ्य ब्यबसायी संघले स्वास्थ्य क्षेत्रमा हुने भष्ट्राचारको बिषयमा चरण बद्ध निगरानी गर्दै आएको छ ।










प्रतिक्रिया