मकवानपुर प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ । प्रहरीले सोमवार राति अन्दाजी ७ बजेको समयमा लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
जम्बुडांडा बाट लेवटतर्फ आउँदै गरेको ना.६३ प २५६१ नम्बरको स्कुटरमा लागूऔषध गांजा ल्याउँदै छ भन्ने सूचना पाएको प्रहरी टोलीले सोहि सुचनाको आधारमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ३ लेवट स्थित भित्री सडकखण्डमा ना ६३ प २५६१ नंम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा सोहि ठाउँ बस्ने बर्ष ४३ को प्रताप सिं मोक्तानले चलाएको स्कुटरबाट खुट्टा राख्ने ठाँउमा जेब्रा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामालागूऔषध गाँजा १३ किलो सहित मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३ किलो लागूऔषध गाँजा सहित स्कुटर बरामद प्रताप सिङ् मोक्तानलाई नियन्त्रणमा लिई लागूऔषध गाँजा मुद्धा कसुरमा थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी अर्यालले बताए ।










प्रतिक्रिया