मकवानपुरमा सवारी दुर्घटना बाट एक जनाको मृत्यु भएको छ ।
हेटौंडा ८ स्थित पुर्ब पश्चिम सडक खण्डमा भएको दुर्घटना बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो । १४ गते राति अन्दाजी ११:४० बजे पुर्ब पश्चिम सडक खण्डको एचआइडीमा पोखराबाट उदयपुर कटारी तर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसले पैदल यात्रीलाई ठक्कर दिंदा घाइतेभै उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिए ।
ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसले ठक्कर दिंदा पर्सा जिल्ला पर्सौनी गाउँपालिका ३ कटैया बस्ने अन्दाजी बर्ष ३६ को परवेज अन्सारीको मृत्यु भएको हो ।
पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसलाई बारा प्रहरीको सहयोगमा अम्लेखगंज बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ ।
दुर्घटना बाट मृत्यु भएका अन्सारी ट्रक धनि भएको खुलेको छ । मृतक ना ५ख ८६६८ नम्बरको ट्रकको धनी रहेको खुल्न आएको छ । मृतकको उक्त ट्रक सोही एरियामा बिग्रिएर मर्मतको लागी मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको र घटना सम्बन्धमा अनुसन्धान भैरहेको अर्यालले बताए ।










प्रतिक्रिया