चैत २० गते बाट शिक्षा ऐन माग गर्दै राजधानी केन्द्रित आन्दोलन गरि रहेका शिक्षक हरुलाई बिभिन आश्वासन दिएर आन्दोलन बाट घर फर्काउने सरकारको तयारी असफल भए पछि यति बेला एमाले निकट शिक्षक संगठनलाई आन्दोलन बाट ब्याक हट्न नेकपा एमाले निकट उच्चतहका नेताले घुमाउरो शैलिमा थ्रेट दिएको आन्दोलनरत शिक्षकहरुले बताएका छ्न ।
आज आन्दोलन सुरु भएको १५ औं दिन सम्म आइ पुग्दा न शिक्षकको माग सम्बोधन गर्न सक्छ न पेलेर आन्दोलन दबाउननै यति बेला सरकार चपेटामा परेको अवस्था रहेको पाइएको छ। नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार छ । सडक आन्दोलनमा सरकार निकट संघसंगठनका प्रतिनिधि रहेका छ्न । आफ्नै पार्टिको सरकार भएको अवस्थामा सरकार घटक दलका शिक्षक नेतानै शिक्षकको सडक आन्दोलनको नेतृत्व हाकी रहेका छ्न ।
नेपाली काङ्ग्रेस पनि सरकारमा छ । काङ्ग्रेसका केन्द्रिय नेता देखि पालिका सभापती सम्मले शिक्षक आन्दोलनमा एक्यवद्धता जनाएका छ्न शिक्षकका माग यथासिघ्र सम्बोधन गर्न दबाब दिई रहेका छ्न तर नेकपा एमालेका नेता देखि मन्त्री सम्मले शिक्षक आन्दोलन र शिक्षकका मागलाई सम्बोधन गर्न भन्दा पनि शिक्षक आन्दोलनलाई अतिरन्जित गर्ने कार्य गर्दै आएको पाइएको हो ।
शिक्षक आन्दोलन चली रहेको अवस्थामा नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले शिक्षक हरु आन्दोलन नगर्नुस घर जानुस हुलाक मार्फत तपाईंको बिद्यालयमा शिक्षा ऐन आइपुग्ने भन्दै शिक्षक आन्दोलनलाई भड्काउने कार्य गरेको आरोप समेत लागेको छ भने यता सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सन्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षक आन्दोलनले सरकारलाई अफ्ट्यारोमा पारेर राजा ल्याउने कार्य गरेको समेत आरोप लगाएका थिए ।
सरकारले हरेक बिकल्प प्रयोग गर्दा समेत शिक्षकहरुले माग सम्बोधन नभए सम्म आन्दोलन जारी राख्ने अडान लिए पछि यति बेला आन्दोलनरत शिक्षकहरु बाट एमाले निकट शिक्षक संघसंगठनलाई आन्दोलन बाट बाहिर निकाल्न अन्तिम प्रयास गरि रहेको श्रोतको दावी रहेको छ ।










प्रतिक्रिया