हेटौंडा उपमहानगरपालिका १८ गुम्बा चोक हर्नामाडी स्थित भक्तिचोकमा बिपरित दिशाबाट आएको बसले मोटरसाइकल ठक्कर दिई भएको दुर्घटनाको घाइतेको पहिचान भएको छ ।
अघि सांझ ७ बजेको समयमा हेटौडा १८ स्थित धरान चतरा सडक खण्डमा हेटौडाबजार तर्फ बाट फुर्केचौर तर्फ जाँदै गरेको ना ४ ख ७८३३ नम्बरको बसले ठुलोदमारबाट भोर्ले तर्फ जादै गरेको ना ६४ प ३२८९ नम्बरको मोटरसाइकल साइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक हेटौंडा १७ बस्ने अन्दाजी बर्ष २७ को सन्तोष श्रेष्ठ घाइते भएको ठुलोदमार प्रहरी चौकीले बताएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस चालक हेटौंडा उपमहानगरपालिका १८ बस्ने सुन्दर नगरकोटीलाइ नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रकाशित मिति: ३१ चैत्र २०८१, ०९:३८ बजे










प्रतिक्रिया