इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले खैरो हिरोइन लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको छ ।
चैत २२ गते राति १० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १९ मौवाटारमा रहेको सुजिता गुरागाईको घरमा लागुऔषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त घर खानतलासी गर्दा कारोवारमा संलग्न रहेका दुई जना लाई पक्राउ गरेको हो ।
लागूऔषध कारोवार भै रहेको स्थानबाट हेटौडा उपमहानगरपालिका १३ ठुलोथली बस्ने बर्ष २१ को हरसित राज मुक्तान र राक्सीराङ गाउँपालिका ३ पलासी बस्ने बर्ष २२ को समतेन डिमडुङलाई फेला पारी रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा ३६ ग्राम ४२० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रवक्ता अर्यालले बताए ।
प्रहरीले उक्त लागूऔषध बरामद गरी हरसित राज मुक्तान र समतेन डिमडुङलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।










प्रतिक्रिया