सिडिओको निर्देशन समेत अटेर गर्दै मकवानपूर ट्राफिक जनप्रतिनिधिको पत्र रद्दी टोकरीमा

सिडिओको निर्देशन समेत अटेर गर्दै मकवानपूर ट्राफिक जनप्रतिनिधिको पत्र रद्दी टोकरीमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ माघ २०८१, ०६:३८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ माघ २०८१, ०६:३८

सडक बिस्तारमा समस्या हुदाँ हेटौडा हुँदै अन्यत्र जाने सवारी साधनले निक्कै सास्ती भोग्नु परेको त् छ नै यति मात्र नभएर मकवानपुर ट्राफिक प्रहरीले ट्राफिक नियममा सानालाई ऐन र ठुलालाई चैनको नीति अनुसार काम गर्दा पैदल यात्रीले समेत राजमार्ग प्रयोग गर्न समस्या भोग्नु परेको पाइएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ४ मा रहेको घिंगु खानि वाट चुन ढुंगा बोकेर आउने ट्रीपर र कैलाश गाउँपालिकाको लिक्चे खानि वाट चुन ढुंगा ढुवानी गर्ने टिपर हरुले अत्याधिक ओभरलोड बोकी आउने कारणले मनहरी बजार देखि हेटौडा उपमहानगरपालिका १५ रातोमाटे सम्मको राजमार्गमा पैदलयात्री देखि साना सवारी साधनले ज्यान जोखिममा राखेर यात्रा गर्नु पर्ने अवस्था आएको भन्दै हेटौडाका युवाहरुले अत्याधिक भार बोकेका टिपरहरु लाई कारवाही गर्न माग गर्दै आएको भए पनि युवाहरुको मागलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बेवास्ता गर्दै आएको पाइएको छ ।

मकवानपुरको राक्सिराङ र कैलाशवाट चुन ढुंगा ढुवानी गर्ने ट्रीपरहरुले अत्याधिक ओभरलोड बोक्ने गरेको बाटोमा ढुंगाहरु खसेर दुर्घटना हुने गरेको जनगुनासो सहित बिभिन्न संचार माध्यम मार्फत समाचार प्रकाशन हुँदा समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले अत्याधिक ओभरलोड बोक्ने टिपरहरुलाई नियन्त्रण गर्न सकेको छैन ।

चुन ढुंगा खानि वाट चुना ढुंगा बोक्ने ट्रीपरहरुले १७ टन बोक्न पाउने गरि इजाजत पाएको भए पनि ट्रीपरहरुले ३० देखि ३५ टन सम्म बोक्ने गरेको पाइएको हो । बिभिन्न क्षेत्रमा सामाजिक कार्यमा लागेका हेटौडाका युवाहरुले अत्यधिक ओभरलोड बोकेर आउने ट्रीपरहरुको कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक नियमको उल्लघन गरेको र यस्ता ओभरलोड बोक्ने ट्रीपरलाई ट्राफिक नियम बमोजिम कारवाही गर्न भन्दै हेटौडा उपमहानगरपालिका १ नम्वर वडा अध्यक्षलाई समेत लिखित ध्यानाकर्षण गराएका थिए ।

स्थानीय युवा अगुवाले उठाएका सामाजिक सरोकारको बिषयलाई उचित सम्बोधन गर्दै हेटौडा उपमहानगरपालिका १ नम्वर वडा अध्यक्ष सविन न्यौपानेले त्यस्ता ओभरलोड बोक्ने ट्रीपरका कारण अन्य सवारी साधन र पैदल यात्रीलाई समेत असर पर्ने दुर्घटनाको जोखिम बढ्ने देखिएकाले तत्काल नियमन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई पत्र पठाएको भए पनि ट्राफिक प्रहरीले उक्त पत्रलाई समेत बेवास्ता गर्दै ओभरलोड बोक्ने टिपरहरु को राम राज्यमा मौन समर्थन जनाउदै आएको स्थानीयले आरोप लगाएका छन ।

स्थानीय युवाको पहलमा अत्याधिक ओभरलोड नियन्त्रण गर्न सुझाब सहित मकवानपुरका प्रमुख जिल्ला अधिकारि तिर्थराज चिलुवाल समेतलाई ध्यानाकर्षण गराएको र प्रमुख जिल्ला अधिकारि चिलुवालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख केशव अधिकारीलाई ओभरलोड नियन्त्रण गर्न र आवश्यक कारवाही गर्न निर्देशन जारि भएको भए पनि ट्राफिक प्रहरीले प्रमुख जिल्ला अधिकारिको निर्देशन समेतको अबज्ञा गर्दै राजमार्गमा अत्याधिक ओभरलोड बोक्ने टिपरलाइ नियमन तथा नियन्त्रण गर्न आनाकानी गरेको पाइएको हो ।

ट्राफिक प्रहरी कार्यालयको इन्धन देखि केहि सेवा सुबिधाको चाँजो पाँजो मिलाउंदै आएको ढुवानी व्यवसायीको रसपान समेतले पनि मकवानापुर ट्राफिकले अत्याधिक ओभरलोड बोक्ने टिपर तिर नजर लगाउन नसकेको आरोप समेत ट्राफिक प्रहरीलाई लाग्ने गरेको छ । क्षमता भन्दा बढी सामान बोकी ट्राफिक नियमको पालना समेत नगर्ने ट्रीपरहरु लाई कहिले होला कारवाही आम नागरिकको प्रश्न रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस