हेटौंडाबाट काठमाडौ जाँदै गरेको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो।
फागुन २७ गते राती साढे ११ बजेको समयमा
मकवानपुर मकवानपुरगढी गाउँपालिका १ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना भएको हो । हेटौडा तर्फ बाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३-०० २ ख ४६४१ नं.को सिमेन्ट लोड ट्रक र बिपरित दिशा काठमाण्डौ तर्फ बाट हेटौडा तर्फ आउदै गरेको म.प्र.०३-०० २ ख ४५०१ नं.को खालि ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा ४६४१ नं.को ट्रक चालक सिन्धुलि दुधौलि नगरपालिका १४ बस्ने बर्ष २४ को टुल्कु सिंह तामाङको बाहिरि चोट नदेखिएको गम्भिर घाईते अवस्थामा उद्वार गरी उपचारको लागी हेटौडा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हि ।
दुर्घटना भएको दुबै ट्रक घटनास्थलमै रहेको, ४५०१ को चालक मकवानपुर बागमती गाउँपालिका ७ बस्ने बर्ष ४३ को बेल कुमार स्याङतान प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले बताएको छ ।
पछिल्लो समय कान्तिलोकपथ हुँदै ठुला सवारी काठमाडौ जाने गरेको पाइएको छ । उक्त लोकपथमा ठुला भारवहन सवारी साधन चलाउने रोड परमिट नहुदा समेत धेरै जसो सवारी साधन त्यही मार्ग हुँदै काठमाडौ जाने गरेको भए पनि इलाका प्रहरी कार्यालय ठिङनले कुनै चासो नदिएको स्थानियको गुनासो रहेको छ । बिना परमिट भारवहन सवारी साधन खुलम खुल्ला उक्त लोकपथ हुँदै काठमाडौ जाने र हेटौंडा फर्कने गर्दा ठिङन प्रहरी र ट्राफिकलाई सेटिङ मिलाउने गरेको सवारी चालकले बताएका छ्न ।
ठिङन प्रहरी कार्यालयको चरम असुलिको कारण कान्तिलोकपथमा ठुला सवारी साधन आवत जावत गर्ने गरेको तथ्य बाहिरिएको छ ।










प्रतिक्रिया