सिन्धुलीमा एमाले नेतृ दर्लामीले गरिन मतदाता माथि दुर्ब्यबहार

सिन्धुलीमा एमाले नेतृ दर्लामीले गरिन मतदाता माथि दुर्ब्यबहार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ फाल्गुन २०८२, ०६:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ फाल्गुन २०८२, ०६:२९

स्थानीय विकास, सरकारी बजेट र पानीको पहुँचको विषयलाई लिएर निरु कुमारी दर्लामी र प्रा. डा. दिपराज थापा बीच सामाजिक सञ्जाल तथा व्यक्तिगत सन्देशमार्फत कडा विवाद उत्पन्न भएको छ।अहिले पानीको कुरा सुल्झिए पनि दर्लामिले सामाजिक सन्जाल मार्फत गाउले तथा आफुमाथी सहित लज्जास्पद हुने गरि गालीगलोज गरेको प्रती खेद ब्यक्त गर्दै सबै गाउँले र आफू र आफ्नो परीवार माथी भएको दुव्र्यवहार समाजलाई छर्लङ्ग पार्नुपर्ने बताउनु भयो।

संवादको सुरुवात प्रा. डा. दिपराज थापाले दर्लामीलाई सम्बोधन गर्दै सरकारी बजेटबाट खनिएको इनार र त्यसबाट उपलब्ध पानी २-४ जनालाई मात्र सीमित गरिनु दुखद भएको भन्दै आलोचना गरेका थिए। उनले यस्तो निर्णयले विभेद सिर्जना गर्ने, नैतिकता र नेतृत्वमाथि प्रश्न उठाउने उल्लेख गर्दै चुनावअघि नै सबै गाउँलेले उपयोग गर्न सक्ने गरी खुला र न्यायोचित निर्णय गर्न आग्रह गरेका थिए।

यसप्रति दर्लामीको प्रतिक्रिया भने अत्यन्तै कडा र आक्रोशपूर्ण शब्दहरूमा आएको देखिन्छ। उनले आफूले कसैप्रति अन्याय नगरेको, बजेट अभावका कारण सबै ठाउँमा पाइपलाइन विस्तार गर्न नसकिएको, तर आफ्नो पहलमा धेरै स्थानमा पाइप पुर्‍याइसकेको दाबी गरिन्। साथै, छिमेकी, स्थानीय व्यक्ति र केही परिवारप्रति लक्षित आक्रोशपूर्ण अभिव्यक्तिसमेत गरेकी छन्।

तर, स्थानीय तहका जनप्रतिनिधि र बासिन्दाहरूले दर्लामीमाथि गम्भीर आरोपहरू लगाएका छन्।

स्थानीयको आरोप अनुसार, “आफ्नो सरकार हुँदा आएको बजेट हामीले मात्र प्रयोग गर्न पाउनु पर्छ, अरूका लागि होइन” भन्ने मानसिकताका साथ दर्लामीले उपभोक्ता समितिमा समेत आफ्नै पार्टीका मानिस मात्र राखेर काम अघि बढाएको बताइएको छ।

यति मात्र होइन, विवाद समाधानका लागि स्थानीय जनप्रतिनिधिहरूले बारम्बार आग्रह गर्दा पनि अटेर गरेको र सबै गाउँलेलाई समान पहुँच हुने गरी पानी वितरणको व्यवस्था नगरेको आरोपसमेत लागेको छ।

दर्लामीले भने नेकपा एमाले नेतृत्वको सरकार हुँदा बजेट ल्याउन पहल गरेको, आफ्नै तर्फबाट योगदान दिएको र गाउँ हरियो बनाउने उद्देश्यले काम गरेको दाबी गर्दै आएकी छन्।

यता, प्रा. डा. दिपराज थापाले दर्लामीको भाषा, शैली र व्यवहारप्रति आपत्ति जनाउँदै यसलाई “लज्जास्पद दृष्टिकोण र नेतृत्वको हर्कत” भन्दै आलोचना गरेका छन्। उनले आफू सम्मानजनक संवाद चाहेको भए पनि घृणा, अपमान र बेइज्जती सह्य नहुने स्पष्ट पार्दै यस्तो व्यवहार समाजले चाँडै थाहा पाउने र मूल्याङ्कन गर्ने चेतावनीसमेत दिएका छन्।

चुनावको मुखमा भएको यो संवाद अहिले सामाजिक सञ्जाल र स्थानीय राजनीतिक वृत्तमा तीव्र चर्चाको विषय बनेको छ।

पानी जस्तो आधारभूत आवश्यकता र सार्वजनिक स्रोतको न्यायोचित वितरण, राजनीतिक पहुँचको दुरुपयोग, र नेतृत्वको नैतिकता बारे उठेको यो विवादले स्थानीय राजनीति, नेतृत्व शैली र सामाजिक सद्भावमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

डा. थापाले आफुले सम्मानजनक रुपमा प्रश्न गर्दागर्दै दर्लामिले गाउँलेहरु सहितलाई मुछेर, थापाको ८३ बर्षिय बुवालाई सहित अपमानित शब्दहरू प्रयोग गरिएकोमा आप्पती ब्यक्त गर्नु भएको छ। संविधान सभा सदस्य मात्र नभै माओवादी आन्दोलनदेखिनै सम्पुर्ण गाउँबासिहरुले पुर्व माओबादी नेत्रीलाई जिताएर स-सम्मान जनताको सेवक बन्ने आशामा पठाएकी बर्तमान एमाले नेतृ दर्लामीको दु:खद पुर्ण ब्यवहार अपेक्षित नभएको  डा. थापाले बताउनु भयो। दर्लामीको यस्तो हर्कतको कारण यति बेला सिन्धुली एमालेमा समेत विवाद बढेको स्रोतको दावी रहेको छ । निर्वाचनको मुखमा आएर नेतृ दर्लामीले यस्तो विवाद गर्दा सिन्धुलीमा एमाले कार्यकर्ता विकल्प रोज्ने तयारीमा रहेको पाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस