हेटौंडाका लोकप्रिय सामाजिक अभियान्ता बिशालराज महतले सामाजिक संजाल मार्फत रास्वपा उमेदवार प्रकाश गौतमलाई मत नदिन अपिल गरेका हुन् ।
हेटौंडा अस्पतालमा देखिएको बेथिति, लापरबाही तथा व्यवस्थागत कमजोरी विरुद्ध उठेको जनआन्दोलनको सन्दर्भमा अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले मतदातालाई सचेत भएर निर्णय गर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको स्टाटसमा महतले हेटौंडा अस्पताल सुधारका लागि आफूहरू चुप नबसी हस्ताक्षर अभियान, शान्तिपूर्ण आन्दोलन र कानुनी प्रक्रियासम्म पुगेको उल्लेख गरेको छ। उनका अनुसार यो आन्दोलन कुनै व्यक्ति विशेषको स्वार्थका लागि नभई आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो। जनताको स्वास्थ्य संग सरोकार राख्ने उक्त बिषयमा रास्वपा तत्कालिन जिल्ला उपसभापति समेत रहेका प्रकाश गौतमले आन्दोलनलाई समर्थन नगरी आन्दोलन दबाउने कार्य गरेको समेत स्रोतको दाबि रहेको छ ।
उक्त अभियानमा मकवानपुरका अधिकांश राजनीतिक दलहरूको समर्थन रहेको उल्लेख गर्दै महतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल कम्युनिस्ट पार्टी (माले) को विशेष साथ रहेको बताएको छ। साथै नेपाली कांग्रेस, समाजवादी लगायत दलहरू आन्दोलनको पक्षमा उभिएको तर नेकपा एमाले बाहेक अन्य दलहरूको सहभागिता रहेको उनको दाबी छ।
अधिवक्ता केशव गौतमले आज पनि सर्वोच्च अदालतसम्म पुगेर यो विषयमा कानुनी लडाइँ जारी राखेको उल्लेख गर्दै महतले जनताको पक्षमा उठेको आवाजलाई दबाउन खोज्ने प्रवृत्ति प्रति आपत्ति जनाएको छ। विशेष गरी सर्वदलीय बैठकमा आन्दोलनकारीलाई हिरासतमा राख्नुपर्ने धारणा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर–१ का उम्मेदवार गौतममाथि उनले प्रश्न उठाएको छ।
“जनता अन्याय विरुद्ध सडकमा हुँदा मौन बस्नेहरू आज चुनावको बेला घरदैलो गर्दै अस्पताल सुधार्ने आश्वासन बाँड्दै हिँडिरहेका छन्,” महतको भनाइ छ। उनले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्न मतदातालाई आग्रह गर्दै जनताको पीडामा साथ नदिने संस्कार बोकेकाहरूबाट परिवर्तनको अपेक्षा गर्न नसकिने स्पष्ट पारेको छ। गौतमले जनताको मुद्धामा समर्थन नगरेको कारण यति बेला जनताले बुझ्नु पर्ने उनको तर्क रहेको थियो ।










प्रतिक्रिया