त्रिशूली नदीमा बस खस्यो १७ को मृत्यु २७ जना घाइते (नाम सहित)

त्रिशूली नदीमा बस खस्यो १७ को मृत्यु २७ जना घाइते (नाम सहित)

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ फाल्गुन २०८२, ०८:३० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ फाल्गुन २०८२, ०८:३०

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।

दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् भने १ जना चिनिया नागरिक समेत रहेको पाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारिका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो । उपचारका लागि अस्पताल लगिएका २७ जना को विवरण निम्न रहेको छ ।

संगम मल्ल,मेरी रेड,प्रमिला भट्टराई वास्तोला,विवेक वास्तोला लाम्सांग गोले, लि.लि यभ मान बहादुर थापा,सुबिन मल्ल, घनश्याम सुबेदी,डम्बर बहादुर बि.क,युनिक पौडेल,कृष्ण तिवारी,सलिना परियार,मान्थी शेर्पा,राजेन्द्र बिसंखे,चन्द्र फुयाँल,सोनाम गुरुङ,प्रदिप लामिछाने,सचिन्द्र सुनार,स्वर्णिम खत्री,विवेक मानन्धर,चुणा फुयाँल,सुकमाया श्रेष्ठ,सदिक्षा हमाल,सोमा प्रसाद मल्ल,नर्व पाल्दिंग रमेश कुवर घाइते रहेको थप उपचारको लागि अस्पताल पठाएको जिल्ला प्रशाशन कार्यालय धादिङले बताएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस