थोकरको चुनावी अभियान स्थानियस्तरबाट जुट्यो सहयोगको प्रतिबद्धता

राप्रपाको कुरा

थोकरको चुनावी अभियान स्थानियस्तरबाट जुट्यो सहयोगको प्रतिबद्धता

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३ फाल्गुन २०८२, ०५:१५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३ फाल्गुन २०८२, ०५:१५

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मकवानपुर संघिय क्षेत्र नम्बर २ का उमेदवार राम बहादुर थोकरप्रती जनलहर बढेको स्थानियले बताएका छ्न । चुनावी अभियान अन्तर्गत मकवानपुरको बसामाडि मन्हरी नबलपुरका मतदाता माझ चुनावी घरदैलो गर्दा देखिएको उत्साहले थोकरको माहोल बनेको स्थानियले बताएका हुन ।

उमेदवार थोकरले चुनावी अभियान अन्तर्गत मनहरी गाउँपालिकाको ७ नम्बर वडामा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन । स्थानियस्तरमा चुनावी माहोलमा मतदाताको अत्याधिक समर्थन समेत पाएको थोकरले बताए ।
चुनावी घरदैलो संगै थोकरलाई स्थानीय स्तर बाट सहयोग समेत भएको हो ।
मनहरी गाउँपालिका ९ रजैया स्थित केदारेश्वर युवा क्लवद्वारा उम्मेदवार रामबहादुर थोकरलाई हार्दिक स्वागत एवम् सत्कार गर्दै यसपालीको निर्वाचनमा यथेष्ट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्थानिय स्तरमा देखिएको राप्रपा प्रतिको क्रेजले फागुन २१ मा हुने निर्वाचनमा थोकरको बलियो दाबेदारी रहेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस