निर्वाचन विशेष : महेश माथी लाग्न सक्छ पुर्ण बिराम

संसदिय यात्रामा पुर्ण बिरामको सकेत

निर्वाचन विशेष : महेश माथी लाग्न सक्छ पुर्ण बिराम

एमाले प्रती जनताको निराशानै निशाना

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ माघ २०८२, ०९:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ माघ २०८२, ०९:३५

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेस तत्कालिन नेकपा माओबादी र नेकपा एकीकृत समाजवादीको नेता आफ्नै राजनितिक गुरु बिरोध खतिवडालाई हराएर संसदिय यात्रा तय गरेका नेकपा एमालेका युवा नेता महेश कुमार बर्तौलालाई आगामी फागुन २१ मा हुने निर्वाचनले संसदिय यात्रा प्रवेशमा संसय पैदा गरेको छ ।

जनताको जनमतबाट केही पर धकेलिएका बर्तौलालाई यति बेला सामाजिक सन्जालमा खोइरो खन्नेहरुलाई आधार मान्ने हो भने पनि उनी माथिको जनधार कमजोर बन्दै गएको बिष्लेशन हुने गेरेको पाइएको हो ।

नेकपा एमालेको प्रमुख सचेतक समेत बनेका बर्तौला आफ्नै चुनावी क्षेत्रका कैयन मतदाताको आलोचनाको सिकार बनेका छ्न । सामाजिक सन्जाल मार्फत गाली खाने नेताको अग्र सुचिमा रहेका बर्तौला मतदाताको नजरमा पनि अघिल्ला निर्वाचनमा जस्तो हाई हाई हुन सकेका छैनन् यस्ले पनि उनको आगामी संसदिय यात्रामा पुर्ण बिराम लाग्न सक्ने आकलन मतदाता माझ देखिएको छ ।

बर्तौला माथी सामाजिक सन्जाल मार्फत रोष प्रकट गर्ने मतदाता मध्य धेरै जसो अघिल्लो निर्वाचनमा उनको चुनावी अभियानमा लागेका मतदातानै देखिनुले पनि उनको जनधार कमजोर बन्दै गएको स्थानियले बताउन थालेका हुन । भाद्र २३/२४ को जेनजी आन्दोलन र त्यस पछिको अवस्थाकै कारण बर्तौला माथी सामाजिक संजाल मार्फत टिक्काटिप्पणी हुन थालेको हो । बर्तौलाको संसदिय यात्रामा पुर्ण बिराम लाग्न सक्ने अर्को राजनितीक आधार पनि देखिएको छ । बर्तौलाको कोर मतदाता रहेको मनहरी नामटार र थाहा नगर बाट प्रभावशाली नेता यो निर्वाचनमा उमेदवार बन्नु पनि रहेको छ ।

बर्तौलाको जन्म गाउँ समेत रहेको नामटारबाट त्यस क्षेत्रका प्रभावशाली नेता राम बहादुर थोकर राप्रपाबाट उमेदवार बन्नु त्यसै गरि एमालेको आधार क्षेत्र रहेको मनहरी बाट पुर्व एमाले निकट मानिएका प्रशान्त उप्रेती रास्वपाबाट उमेदवार बन्नु र थाहा नगरबाट थाहाका पुर्व मेयर समेत रहेका लवशेर बिष्ट नेकपाबाट उमेदवार बन्नुले पनि बर्तौलाको कोर मतदाता रहेका स्थानमा अन्य राजनितिक दलको प्रभाव देखिनुले पनि उनी माथी थप सकट देखिएको हो ।

युवा नेता भएका बर्तौलाले युवाले गरेको जेनजी आन्दोलनलाई अपनत्व लिन नसक्नुले पनि युवामाझ उनको क्रेज घट्नुले पनि उनको आगामी संसदिय यात्रामा पुर्ण बिराम लाग्न सक्ने देखिएको मतदाताले बताउन थालेका हुन ।

विद्यार्थी राजनितीबाट खुल्ला राजनितिमा प्रवेश गरेका बर्तौलाले जेनजी आन्दोलनलाई दिएको अभिव्यक्तिकै कारण उनी युवा र विद्यार्थी माझ अलोकप्रीय भएकै कारण आगामी संसदिय यात्रामा पुर्ण बिराम लाग्ने त होइन भन्ने बिषय आम जनमानसमा पैदा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस