अबैध चोरी निकासी रोक्न उपमहानगरको सडक अप्रेसन

अबैध काम कहिले जाला ध्यान

अबैध चोरी निकासी रोक्न उपमहानगरको सडक अप्रेसन

क्रसर उद्योगनै अबैध

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ माघ २०८२, ०९:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ माघ २०८२, ०९:०३

हेटौंडा उपमहानगरपालिकाले अबैध रुपमा ओसार पसार हुने नदिजन्य पदार्थ रोकथाम गर्न नगर प्रहरी परिचालन गरेर सडकमै गस्ती खटाएको पाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडा भित्रका खहरे खोलाबाट अबैध रुपमा उत्खनन गरि क्रसर उद्योगमा ओसारपसार भएको नदिजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा ओसार पसारमा उपमहानगरपालिकाले कडाइ गरेको छ ।

हेटौंडा १५ को खहरे बाट अबैध उत्खनन गरि विभिन्न क्रसर उद्योगमा निकासी हुने ढुङ्गा गिट्टी बोकेका ट्याक्टरहरुका कारण हेटौंडा ८ का स्थानिय आजित भएको र पटकपटक उपमहानगरपालिकालाई जानकारी गराए पश्चात् उपमहानगरपालिकाले कडाइका साथ यस्ता गतिविधि रोक्न नगर प्रहरिलाई निर्देशन दिएको स्रोतको दावी रहेको छ ।

हेटौंडा ८ राजपानीमा संचालित क्रसर उद्योगको मिलेमतोमा यस्ता अबैध चोरी निकासी हुने गरेको पाइएको छ । हेटौंडा ८ कमानेको कालिका रोड हुँदै रातभर यस्ता अबैध चोरी निकासी हुने गरेको स्थानिय आशिष् मगरले बताए । उनी भन्छन् रात भर गिट्टी बालुवा चोरी निकासी गर्ने र ती ट्याक्टरहरुको कारण सुत्न पनि सकिन्न ।

आज हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी सहितको टोलिले हेटौंडा ८ राजपानी सडकमा चेक गर्दा अबैध रुपमा उत्खनन गरि चोरी निकासी गरेको अवस्थामा ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको पाइएको छ ।

हेटौंडा ८ राजपानीमा संचालित क्रसर उद्योग बिना दर्ता बिना नविकरण संचालनमा रहेको पाइएको हो । एका तिर अबैध क्रसर संचालन गर्ने अर्को तर्फ अबैध चोरी निकासी गर्ने यस्ता क्रसरलाई कस्ले कारवाही गर्ने ? आमनागरिकको चासोको बिषय बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस