मकवानपुरको मनहरी गाउँपालिका ७ शिविर भन्ने स्थानमा मालबहाक ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
आज बिहान पुर्व पश्चिम सडकखण्डमा हेटौडाबाट चितवन तर्फ चामल लोड लिई जादै गरेको ना ६ ख ६५७४ नम्वरको ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टी दुर्घट्ना भएको थियो । ट्रक दुर्घटना पश्चात स्थानीयले इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराएका थिए ।
स्थानीयको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी सहायक निरिक्षक बिसुनदेब महत्तो सहितको ५ जनाको टोली खटी गई घाईतेलाई उद्धार गरि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको थियो ।
ट्रक दुर्घटनाबाट पर्सा बिरगंज महानगरपालिका ३१ बस्ने बर्ष २७ को सन्दिप चौधरी र सोहि स्थान बस्ने बर्ष २० को बिशाल चौधरी घाइते भएका हुन् । घाइतेको उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको च ।










प्रतिक्रिया