पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ मा रहेको श्री भोजसिद्द माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउन लागेको हो ।
स्वर्ण जयन्ती समारोहलाई भव्य र अर्थपूर्ण बनाउने उद्देश्यले मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । साथै खुला म्याराथन प्रतियोगिता, अभिभावक घ्याम्पो फुटाइ प्रतियोगिता, रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रमसमेत समावेश गरिएको मनहरी गाउँपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनुका साथै विद्यालयको इतिहास, उपलब्धि र योगदान समेटिएको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिएको छ ।
स्वर्ण जयन्ती समारोहका प्रचार–प्रसार उपसमितिका संयोजक उमेश अधिकारीले विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्याउने सबै शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायलाई समारोहमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेतीले विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा र समग्र शैक्षिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
२०८२ फाल्गुन १८
भोजसिद्ध बिद्यालयले स्वर्ण जयन्ती गर्ने
बिद्यालयका कुरा
भोजसिद्ध बिद्यालयले स्वर्ण जयन्ती गर्ने
मुख्यमन्त्री बानियाँ प्रमुख अतिथि रहने
प्रकाशित मिति: २० माघ २०८२, ०७:३५ बजे
भर्खरै
-
१.
सिन्धुलीमा एमाले नेतृ दर्लामीले गरिन मतदाता माथि दुर्ब्यबहार
-
२.
जनताको मुद्धाको बिरुद्धमा लाग्ने रास्वपा उमेदवारलाई मत नदिन सामाजिक अभियान्ता महतको अपिल
-
३.
मकवानपुरमा रास्वपा जित्ने लिस्टमा नरहेको रास्वपाको भनाई
-
४.
सन्चारकर्मी र सन्चार माध्यामलाई मर्यादित भएर काम गर्न बागमती प्रदेश समितिको अपिल
-
५.
महालक्ष्मी उपाध्याय डिनाको संकल्प
-
६.
त्रिशूली नदीमा बस खस्यो १७ को मृत्यु २७ जना घाइते (नाम सहित)










प्रतिक्रिया