घरदैलो अभियानमा थाहा नगर पुगे थोकर

घरदैलो अभियानमा थाहा नगर पुगे थोकर

मतदाताको उत्साहले उर्जा थपियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ माघ २०८२, ०६:५७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ माघ २०८२, ०६:५७

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का उमेदवार राम बहादुर थोकर चुनावी अभियान अन्तर्गत आज थाहा नगर पुगेको उनको सचिवालयले बताएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि निर्वाचन अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार थोकर दैनिक जनताको घर आँगनमा पुगेर चुनावी कार्यक्रम गरि रहेका छन । मतदाताको बिश्वास जित्न र आफु पनि मतदातालाई बिश्वास दिलाउन चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त देखिएका हुन् ।

चुनावी अभियान अन्तर्गत राप्रपाका उमेद्वार थोकर आज मकवानपुरगढी गाउँपालिका ५ स्थित सामरिमा स्वर्गीय अर्जुन अधिकारिको असामयिक निधन प्रति श्रदान्जली ब्यक्त गर्न सामरी पुग्नु भएको थियो । सामरिमा स्वर्गीय अधिकारि प्रति शोक ब्यक्त गर्दै थोकर चुनावी अभियान अन्तर्गत थाहा नगर पुगेको सचिवालय स्रोतले बताएको हो ।

थाहा नगरपालिकाको पालुङ दोबाटो मोरिया चौतारा लामिचौर लगायतका क्षेत्रमा जनताको घरदैलोमा सरिक भएका हुन् । थोकर जनताको घरदैलोमा मत माग्दै गर्दा मतदातामा खुशी छाएको थोकरले बताए । राज संस्थाले मात्र जनताको रक्षा गर्न सक्ने भन्दै मतदाताले थोकरलाई मत दिने बिश्वास दिलाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस