मकवानपुर २ मा आक्रमक प्रचार गर्दै राप्रपा , जनताको मत र मन जित्दै थोकर

पार्टी प्रवेशका कुरा

मकवानपुर २ मा आक्रमक प्रचार गर्दै राप्रपा , जनताको मत र मन जित्दै थोकर

राप्रपा प्रबेश गर्नेको लर्को उथल पुथल बन्दै चुनावी अभियान

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ माघ २०८२, ०९:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ माघ २०८२, ०९:२९

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टिले चुनाबी अभियानलाई आक्रमक रुपमा प्रचार अभियान सुरुवात गरेको पाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उमेदवार बनेका राम बहादुर थोकरले आफ्नो चुनावी क्षेत्रमा चुनाबी अभियानलाई तिब्रता दिए संगै पार्टी प्रबेश गर्नेहरुको लावालस्कर देखिएको छ ।

प्रतिनिधि सभा २ को चुनावी अभियानमा होमिएका थोकरले चुनाबी भेटघाट घरदैलो कार्यक्रम संगै मतदातालाई आफू तिर आकर्षण गराउन र राजनितिक एजेन्डा मार्फत मतदातालाई पार्टी प्रवेश गराउन समेत सफल भएका छ्न । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेदवार थोकर त्यस क्षेत्रमा बलिया उमेदवार रहेको र निर्वाचन जित्नेमा ढुक्क रहेको उनी बताउँछन ।

२०३९ साल बाट राजनितिमा प्रवेश गरेका थोकरले जनताको भावना समस्या र समाधनको मेरुदण्ड बन्दै काम गर्ने बताइरहेको अवस्थामा उनको राजनितिक प्रभाव र इमान्दारीताको कारण उक्त क्षेत्र बाट राप्रपा प्रवेश गर्ने हरुको सन्ख्य उल्लेख्य रहेको पाइएको हो ।

चुनावी अभियान अन्तर्गत आज भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत हेटौंडा ३ बाट विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेहरुको लाबालस्कर रहेको प्रचार प्रसार संयोजक संगीन श्रेष्ठले बताउनु भयो । आज बसामाडिमा भएको कार्यक्रममा बिकल राई शिव राना मनोज वाइब आयुश रुम्ब अमित घलान सलिन सुनार विशेष राई सुजन सुबेटी युमेश शाही सन्दिब लगायतका कयौं युवा राप्रपा प्रबेश गरेको श्रेष्ठले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस