चुनावी अभियानमा थोकरको दौडधुप मतदाताले दिए शुभकामना

चुनाबका कुरा

चुनावी अभियानमा थोकरको दौडधुप मतदाताले दिए शुभकामना

सम्पर्क कार्यालय स्थापना देखि मतदात भेटघाटमा सक्रिय

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ माघ २०८२, ०७:३९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ माघ २०८२, ०७:३९

फागुन २१ गते हुने निर्वाचन लक्षित गरेर मकवानपुरका दुवै क्षेत्रका उमेद्वार चुनावी रणनीति बनाउने देखि मतदाता भेटघाट गर्नमै व्यस्त रहेको पाइएको छ । मकवानपुरको दुवै क्षेत्रमा युवा देखि राजनीतिक अनुभवी उमेद्वारहरु प्रतिस्पर्धामा देखिएका छन । जनताको मत आफु केन्द्रित बनाउन उमेद्वारहरु जनताको घरदैलो कार्यक्रमामा बिहान देखि बेलुका अवेर सम्म मतदाताकै घर आँगनमा भेटिन थालेका छन ।

मकवानपुरको दुवै क्षेत्रमा गरेर ४४ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा होमिएको अवस्थामा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेद्वार रामबहादुर थोकरले बिभिन्न समूह बनाएर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएका छन । जनताको सेवक बन्ने अभियान सहित थोकर यति बेला जनताको घर दैलो कार्यक्रमामा व्यस्त रहेको थोकरको सचिवालयका संगिन श्रेष्ठले जानकारी दिएका हुन् । कुनै समय राप्रपाको आधार क्षेत्र भनेर चिनिएको मकवानपुरलाई पुन आफ्नै विरासतमा ल्याउने अभियान सहित राप्रपाका उमेद्वार थोकर चुनावी अभियानमा होमिएको थोकरको सचिवालयले बताएको छ । सादगी एवं जनताको सेवक भनेर परिचित बनेका थोकर जनताबाट सहज रुपमा अनुमोदित हुने अपेक्षा सहित फागुन २१ को निर्वाचनमा उमेद्वार बनेको स्रोतको दावी रहेको छ ।

मकवानपुरको कैलाश गाउँपालिका नामटारमा जन्मिएका थोकरको चुनावी अभियान अन्तर्गत माघ १० गते हेटौँडा उप-महानगपालिका वडा नम्वर ३ बसामाडी लेवर्टमा राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार श्री रामबहादुर थोकरको वडा नं. ३, ११ र १९ लाई केन्द्रित गरेर सयुक्त सम्पर्क कार्यालय स्थापना भएको छ भने माघ ११ गते मनहरी गाउँपालिका वडा नं. ८, सिम्पानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार श्री रामबहादुर थोकरको सम्पर्क कार्यालय स्थापना भएको छ ।

सधै जनताका माझ जनताकै सेवक भएर काम गरेको र आफ्नो राजनीतिक जीवनशैलीकै कारण मकवानपुर संघिय क्षेत्र नम्वर २ सधै जनता बीच परिचित अनुहार रहेकै कारण फागुन २१ को निर्वाचनमा जनताको मन र मत दुवै जित्ने गरि चुनावी अभियानमा लागेको थोकरले बताए । चुनावी अभियानमा प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्वर २ का मतदाताले थोकरलाई संसदीय यात्राको शुभकामना दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस