मनहरिमा सुरु भयो खुल्ला क्रीकेट प्रतियोगिता

खेलकुदका कुरा

मनहरिमा सुरु भयो खुल्ला क्रीकेट प्रतियोगिता

बिजेतालाई ३० हजार उपबिजेताले पाउने छ १५ हजार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ माघ २०८२, १२:४२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ माघ २०८२, १२:४२

मनहरी गाउँपालिका ७ मा रहेको मदन भण्डारी क्षेत्रीय रंगशाला रमौलीमा आज बाट मनहरी खुल्ला क्रीकेट प्रतियोगिता संचालन भएको छ ।

मनहरी क्रीकेट क्लब मनहरी ७ ले आयोजना गरेको खुल्ला क्रीकेट प्रतियोगितामा प्रथम हुनेले तीस हजार नगद सहित सिल्ड प्रमाणपत्र पाउने छ्न भने उपबिजेताले १५ हजार नगद प्रमाण पत्र र सिल्ड पाउने मनहरी क्रीकेट कल्बका अध्यक्ष उदय बानियाँले बताउनु भयो ।

माघ ५ गते बाट संचालन भएको खुल्ला मनहरी क्रीकेट प्रतियोगिताको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले उद्घघाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय रोटरी माध्यामिक बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष शालिकराम बानियाँ कालिपोखरी डटकमका सम्पादक पत्रकार उमेश राईको आथिथ्यता रहेको थियो ।

मनहरी ७ रमौली खेलमैदानमा आज बाट शुरु भएको खुल्ला क्रीकेट प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएको आयोजक समितिका सदस्य हेमन्तजङ बानियाँले बताए ।

माघ ५ गते देखि संचालन भएको मनहरी खुल्ला क्रीकेट प्रतियोगिता माघ १० गते समापन हुने छ । चितवनको इ-प्लानेट युथ क्लब पनि प्रतियोगितामा सहभागिता जनाएको छ । आज भएको पहिलो तथा उद्घाटन खेलमा चितवनको इ-प्लानेट युथ क्लब र मनहरी १ को मोर्डन युथ क्लब बिच खेल संचालन भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस