मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा राना र दाहालको दाबी बलियो

दहालको पल्ला भारि

मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा राना र दाहालको दाबी बलियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ पुष २०८२, ०८:५४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ पुष २०८२, ०८:५४

नेकपा एमालेले फागुन २१ गते हुने संघीय संसदको निर्बाचनका लागि देशैभर उम्मेदवार सिफारिश गरेको छ ।

मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ का लागि ६ जनाको नाम सिफारिश भएको छ । पार्टीको निर्बाचन क्षेत्रीय कमिटीले सिफारिश गरेको नामलाई जिल्ला कमिटीको बैठकले अनुमोदन गरी प्रदेश कमिटीमा पठाएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य रहेका रामेश्वर राना, पुर्ब सांसद कृष्ण दाहाल, पुर्ब राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, एमाले मकवानपुरका उपाध्यक्ष एबम् भिमफेदी गाउॅंपालिकाका अध्यक्ष हिदम लामा, कानुन ब्यबसायी पृष्ठभुमिका एमाले मकवानपुरका प्रभाबशाली युबा नेता मदन दाहाल र नारायण सापकोटा सिफारिशमा परेका छन् ।

सिफारिश भएका मध्य कृष्ण दाहाल र रामचन्द् राईले जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्दै युबाहरु अग्रसर भएमा आफुहरु बाधक नबन्ने अभिब्यक्ती सिफारिशका लागि बसेको बैठकमा ब्यक्त गरेको बैठकका सहभागी एमाले नेताले बताए । यस्तै आंकाक्षी मध्य बलियो दाबेदारका रुपमा हिदम लामालाई हेरिएको भएपनि पालिकाको अध्यक्षको कार्यकाल डेढ बर्ष बांकी रहेकै समयमा राजीनामा दिंदा पार्टीलाई क्षति हुनसक्ने चर्चाका कारण उनको उम्मेदवारीको विषय गौण बनेको छ ।

यस्तै अर्का उम्मेदवार नारायण सापकोटाले आफु सहमतीका लागि बाधक नबन्ने अभिब्यक्ती सिफारिश चरणमा दिएका कारण उनको दाबीलाई एमाले बृतमा बलियो दाबीको रुपमा हेरिएको छैन । आंकाक्षी मध्य कानुन ब्यबसायी पृष्ठभुमीका मदन दाहाल बिधी निर्माण गर्ने थलो संसद भएकाले आफु उक्त पदमा योग्य भएको दाबी सहित अघि आएका छन् । उनले आफु युबा रहेको र हालसम्म पार्टीबाट कुनै अबसर नलिएको अबस्थामा अहिलेको निर्बाचनमा उम्मेद्वारीबाट पछि नहट्ने बलीयो अडान राखेका छन् ।

एमाले भित्र युबाहरुको दरिलो साथ रहेका कारण पनि उनलाई यो निर्बाचनमा संभावित उम्मेद्वारको रुपमा हेरिएको छ । जेनजी आन्दोलनपछि एमालेमा समेत पटक पटक चुनाब लडेकालाई भन्दा नयां र युवा नेतृत्वलाई अबसर दिनुपर्ने आवाज उठेको छ । एमाले केन्द्रीय सदस्य रामेश्वर राना अर्का वलिया आकांक्षी हुन् । पार्टी केन्द्रमा उनको प्रभाब राम्रो छ । नेतृत्वलाई कन्भेन्स गर्न सक्ने नेताका रुपमा उनलाई एमाले कार्यकर्ताले हेरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस