जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले राजमार्ग भएर चल्ने सवारी साधनको ओभरलोड न्यूनीकरण गर्न सक्रियता बढाएको छ ।
हेटौंडा १५ मा रहेको ऋद्धि सिद्धी सिमेन्ट उद्योगका लागि मकवानपुरको राक्सिराङ गाउँपालिका ४ मा रहेको गिङु खानी र कैलाश गाउँपालिकाको लिक्चे खानी बाट भवर लोड बोकेर आउने चुन ढुंगा बोकेको ट्रीपरलाई राजमार्गको बिभिन्न स्थानमा चेक जाँच गरि ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ओभरलोड न्यूनीकरणमा सक्रियता बढाएको पाइको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका ४ मा रहेको गिङु खानी र कैलाश गाउँपालिकाको लिक्चे खानीबाट अत्याधिक ओभरलोड बोकेर आउने ट्रीपरहरुलाई कारवाही गरि मकवानपुर ट्राफिकले राजस्व संकलनमा उल्लेख्य वृद्धि गरेको छ ।
मकवानपुर ट्राफिकले यसै साता यस्ता ओभरलोड बोकेका ट्रीपरहरु बाट ६५ हजार बढी राजस्व संकलन गरेको छ भने उक्त ओभरलोड बोक्ने ४० बढी ट्रीपरलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक बच्चुराम फुयाँलले जानकारी दिनु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कार्यालय अगाडी चेक जाँच गर्दा सवारी आगमनमा समस्या पर्ने हुँदा राजमार्गमा पर्ने अस्थाई ट्राफिक प्रहरी पोस्ट नेवारपानि त्यसै गरि ट्राफिक प्रहरी पोस्ट मनहरीलाई निर्देशन दिंदै ओभरलोड बोकेका यस्ता सवारी साधनलाई कारवाही गरि ओभरलोड झार्न लगाएर मात्र पठाउन निर्देशन दिएको पाइएको छ ।
राजमार्गमा अत्याधिक ओभरलोड बोकेर आउने ट्रीपरहरुको कारण दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक कार्यालय मकवानपुरले ओभरलोड न्यूनीकरण तथा नियमन गर्न आफ्ना सबै ट्राफिक प्रहरीलाई निर्देशन दिएको पाइएको छ ।
यसै साता मात्र जिल्ला ट्राफिक कार्यालय मकवानपुरले ओभरलोड बोक्ने ४० ट्रीपरलाई कारवाही गरेको थियो । ओभरलोड न्यूनीकरण तथा नियमन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुयाँल आफै फिल्डमा खटिएको स्रोतको दाबि रहेको छ ।










प्रतिक्रिया