बागमती प्रदेश स्वास्थ्य सचिवमाथि सोझियो प्रशासनिक नैतिकताको प्रश्न

स्वास्थ्यमा भ्रष्टाचार

बागमती प्रदेश स्वास्थ्य सचिवमाथि सोझियो प्रशासनिक नैतिकताको प्रश्न

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ मंसिर २०८२, १०:१५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ मंसिर २०८२, १०:१५

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव डाक्टर सुमित्रा गौतमले नैतिकताको आधारमा सचिव पदमा बस्न नहुने भन्दै स्वास्थ्य संग सरोकार राख्ने निकायले आवाज उठान गरेका हुन् ।

हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव गौतम जिल्ला अस्पताल भक्तपुरको प्रमुख हुँदा खरीद गरेको सिटि स्क्यान मेसिनको घोटाला काण्ड बागमती एक्सप्रेसमा समाचार ब्रेक भए पश्चात सचिव गौतम माथि नागरिक स्तर बाट प्रश्न खडा भएको हो । भक्तपुर अस्पताल प्रमुख हुँदा सचिव गौतमले सिटि स्क्यान मेसिन खरिद प्रक्रिया र भुक्तानी प्रक्रियामा गलत गरेको प्रमाणित भएको छ । सप्लायर्स कम्पनीले सिटि स्क्यान मेसिन खरिदा गर्दा स्पेक भन्दा फरक कम्पनीको सामान खरिदा गर्दा पनि तत्कालिन अस्पताल प्रमुख गौतमले हतार हतारमा सप्लायर्स कम्पनीलाई भुक्तानी गरेको पाइएको थियो ।

बागमती एक्सप्रेसले भक्तपुर अस्पतालले सात करोड रुपैयाँमा खरिद गरेको सिटी स्क्यान मेसिनका सामान स्पेशिफिकेशनभन्दा फरक आए पनि जडान गरेर सञ्चालनमा ल्याएको समाचार सार्वजनिक गरेको थियो । अस्पतालले सिटि स्क्यान मेसिन खरिद गर्दा टेण्डरमा उल्लेख भएअनुसारका पाटपूर्जा नआए पनि अस्पताल प्रशासनले सप्लायर्स कम्पनीसँगको मिलेमतोमा २०८१ जेठ ४ मा मेसिनको उद्घाटन गरेको थियो।

तत्कालिन अस्पताल प्रमुख गौतमले प्राविधिक टिमबाट पिडिआई (पोष्ट डेलिभरी इन्स्पेक्शन) रिपोर्ट तयार नै नगरी मापदण्डभन्दा फरक सामग्री स्वीकार गरेर रकमसमेत भुक्तानी गरेको खुलेको थियो ।

अस्पतालले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि आर्थिक वर्ष सुरु भएको ६ महिनापछि मात्रै २०८० फागुन २४ मा (२०२४ मार्च ७) टेण्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।

सिटी स्क्यान मेसिन राख्ने संरचनासहित लुम्बिनी हेल्थ केयर प्रालिसँग सात करोड ६ लाख १६ हजार दुई सय १० रुपैयाँमा खरिद सम्झौता भएको थियो।

उक्त खरिदको टेण्डर स्वीकृत भएको सूचना २०८१ जेठ १८ मा जारी भएको थियो। यसरी हेर्दा खरिद स्वीकृत भएको करिब एक वर्षमा मात्रै उद्घाटन हुनुपर्नेमा मिति र प्रक्रियामा विरोधाभास रहेको थियो ।

तत्कालिन अस्पताल प्रमुख गौतमले खरिद प्रक्रियाको सम्पूर्ण सामान खरिद पुरा नहुँदै सप्लायर्स कम्पनीलाई भुक्तानी गरे पछी यो बिषय विवादमा आएको हो । सप्लायर्स कम्पनीले म समान खरिद मापदण्ड बिपरितका सामान जडान गरि भुक्तानी पाएको र हाल बागमती एक्सप्रेसमा समाचार प्रकाशन पश्चात उक्त सप्लायर्स कम्पनीले मङ्सिर ११ गते खरिद प्रक्रियामा उल्लेख भए बमिजिमको सामान अस्पतालमा जडान गरेको छ । सप्लायर्स कम्पनीले पुराना सामान जडान गरि भुक्तानी माग गरेको र अस्पताल प्रमुखले भुक्तानी दिए संगै तत्लालिन अस्पताल प्रमुख हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव डाक्टर सुमित्रा गौतम माथि मन्त्रालयको सचिव पदमा बस्न कुन नैतिकताले दिन्छ भन्ने प्रश्न उब्जिएको छ । स्वास्थ्यमा हुने भष्ट्राचारको जालो कहिले अन्त्य होला ?

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस