जेन-जी मकवानपुर समिति चयन संयोजक बने खत्री

जेन-जी

जेन-जी मकवानपुर समिति चयन संयोजक बने खत्री

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० मंसिर २०८२, ०३:२० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० मंसिर २०८२, ०३:२०

भाद्र २३/२४ को आन्दोलन र त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै मकवानपुरमा आज एक भेलाका बीच जेन-जी मकवानपुर गठन भएको छ ।

जेन-जी आन्दोलनका अभियान्ता मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन-जी समुहले देश भर समिति बिस्तार गर्दै आएको छ । सोहि क्रममा मिराज ढुंगानाको सहभागितामा आज मकवानपुरमा समेत समिति चयन गरिएको जेन-जी अभियान्ता सुजन दाहालले बताउनु  भयो ।

मिराज ढुंगाना सहितको उपस्थितिमा भएको भेलाबाट मकवानपुर संयोजकमा सुविन खत्री चयन भएका हुन् । जेन-जी समुहको मकवानपुर सचिवमा नविन राउत कोषाध्यक्षमा सुजन दाहाल चयन भएका छन । जेन-जी समूह मकवानपुरमा आज भएको भेला बाट ३७ जनालाई सदस्यता चयन गरिएको संयोजक खत्रीले बताए ।

भाद्र २३/२४ को आन्दोलनबाट बनेको सरकारको राम्रो कामलाई सम्मान गर्दै सरकारले जेन-जी समूहको माग लाई बेवास्ता गरे खवरदारी गर्ने बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस