राष्ट्रिय सहकारी बैंक लिमिटेडको काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट बागमती प्रदेशभर वाट हेटौंडामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट सहकारी भएको हो ।
मङ्सिर ६ गते काठमाण्डौंमा भएको साधारण सभाबाट हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेशकै उत्कृष्ट सहकारी घोषित भएको हो । राष्ट्रिय सहकारी बैंकको साधारणसभा मार्फत हातेमालो सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद पौडेललाई सम्मान पत्र सहित उत्कृष्टताको प्रमाण पत्र प्रदान गरिएको राष्ट्रिय सहकारी बैंकका अध्यक्षले जानकारी दिए ।
सहकारीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र ऋणी हरुका बीच समन्वय र सहकार्यमा कार्य गर्दै आएको छ । ग्रामिण भेगका नागरिकलाई सहकारी संग जोड्न सहकारीले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२ औं साधारणसभा मार्फत प्रदेशको उत्कृष्ट सहकारी मार्फत सम्मान गरिएको सम्मान पत्रमा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा २ ले सहकारीको बिकास प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै हातेमालो सहकारीलाई बागमती प्रदेश अन्तर्गतको उत्कृष्ट सहकारी चयन गरिएको उल्लेख गरिएको छ ।
राष्ट्रिय सहकारी बैंकको साधारणसभामा हातेमालो बचत तथा ऋण सहकारी संस्थाकि व्यवस्थापक रमला सापकोटाको समेत आतिथ्यता रहेको थियो ।










प्रतिक्रिया