जेनजि आन्दोलनबाट बनेको सरकारका प्रधानमन्त्री शुशिला कार्किले प्रधानमन्त्री कार्यालयमा आज निर्वाचनमा सहभागीत हुने राजनितिक दलका नेतालाई डाकी सर्वदलीय बैठक गरेकी हुन ।
आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टी केन्द्रिय प्रवक्ता प्रकाशशरण महत र पार्टी केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले प्रतिनिधित्व गर्नु भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
फागुन २१ गते तोकिएको निर्वाचन र आगामी रणनीतिको बिषयमा राजनितिक दलको धारण बुझ्न प्रधानमन्त्री कार्किले सर्वदलीय बैठक डाकेको बुझिएको छ । बैठकमा उपस्थिति जनाउने राजनितिक दलका नेताले फरार कैदी बन्दी र प्रहरी बाट लुटिएका हतियारको उचित निर्णय नगरी चुनाब गराउदा समस्या उत्पन्न हुन सक्ने सुझाब पेश गरेका थिए ।
काङ्ग्रेसबाट प्रतिनिधित्व गरेका प्रवक्ता महतले सरकारले भए रहित निर्वाचन गर्न सबै राजनितिक दललाई समेटेर छलफल र परामर्शको आधारमा निर्वाचन तयारी गर्नु पर्नेमा जोड दिएका थिए।
जेनजी आन्दोलन र त्यस पछिको मुभमेन्टको बिषयमा नेपाली काङ्ग्रेसको तर्फबाट सार्वजनिक अभिव्यक्ति दिएर पार्टी सरकार र जेनजि पुस्तालाई अबको देशको अवस्था र आन्दोलनको मर्मको बिषयमा पहिलो धारणा राख्ने नेताको रुपमा डिनालाई लिने गरिएको छ । उनै डिना आज पार्टिको तर्फबाट सर्वदलीय बैठकमा सहभागी हुनु भएको थियो ।
नेपाली काङ्ग्रेसको महाधिवेशन र जेनजि पुस्ताको सहभागीताको बिषयमा खुलेरै बहस गरेकी डिनाले सर्वदलीय बैठकले फागुन २१ को निर्वाचनलाई यस बैठकले थप सहजीकरण गर्न सक्ने औल्याउँदै सरकार र दल बिचको दुरि नजिक बनाउने कार्य गरेको बताउनु भयो ।










प्रतिक्रिया